हेटौंडा-भरतपुर प्रसारण लाइन सञ्चालनमा

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 4 mins

काठमाडौं । हेटौंडा-भरतपुर २२० केभी प्रसारण लाइन सञ्चालनमा आएको छ । हेटौंडा-भरतपुर-बर्दघाट २२० केभी प्रसारण लाइन आयोजनाअन्तर्गत हेटौंडा-भरतपुर खण्ड सञ्चालनमा आएको हो । नेपाल विद्युत् प्राधिकरणले डबल सर्किट २२० केभी प्रसारण लाइनको ७३ किलोमिटर लामो एउटा सर्किट तत्कालका लागि १३२ केभीमा चार्ज गरी सञ्चालनमा ल्याएको हो ।

प्राधिकरणका अनुसार मकवानपुरको हेटौंडा उपमहानगरपालिका चौकीटोलस्थित पुरानो हेटौंडा सबस्टेसनबाट चितवनको भरतपुर महानगरपालिका आँपटारीस्थित नयाँ भरतपुर सबस्टेसनसम्मको २२० केभी प्रसारण लाइनलाई १३२ केभीमा चार्ज गरिएको छ ।
हेटौंडा-भरतपुर खण्ड प्रसारण लाइन सञ्चालनपछि हेटौंडाबाट भरतपुरतर्फ र भरतपुरबाट हेटौंडातर्फ करिब १७० मेगावाट विद्युत् प्रवाह गराउन सकिन्छ । अहिले रहेको पुरानो १३२ केभी प्रसारण लाइनबाट करिब ९० मेगावाटमात्र प्रवाह हुँदै आएको थियो । नेपालभित्रको प्रसारण लाइन सुदृढ तथा विश्वसनीय बनाउन र पश्चिम क्षेत्रमा निर्माण हुने जलविद्युत् आयोजनाको विद्युत् प्रवाहका लागि हेटौंडा-भरतपुर-बर्दघाट प्रसारण लाइन आयोजना सुरु गरिएको प्राधिकरणले जनाएको छ ।

नेपाल सरकार तथा प्राधिकरणको लगानी र विश्व बैंकको सहुलियतपूर्ण कर्जामा आयोजना सन् २००८ मा सुरु गरिएको थियो । आयोजनालाई हेटौंडा-भरतपुर र भरतपुर–बर्दघाट दुर्ई खण्डमा विभाजन गरी निर्माण सुरु गरिएको थियो । प्रसारण लाइन निर्माणमा स्थानीय अवरोध, जग्गा प्राप्तिमा समस्या, वन क्षेत्रको जग्गा प्रयोग तथा रुख कटानमा ढिलाइ, ठेकेदार कम्पनीको कमजोर कार्यसम्पादनलगायतका कारण आयोजनाको निर्माण प्रभावित भएको थियो । विश्व बैंकले आयोजनाबाट २०७८ को कात्तिकबाट हात झिकेपछि सरकार र प्राधिकरणको लगानीमा बाँकी काम अघि बढाइएको थियो । हेटौंडा-भरतपुर खण्डअन्तर्गत हेटौंडा उपमहानगरपालिका-११ थानाभर्‍याङस्थित निर्माणाधीन सबस्टेसनमा लाइन लैजान २२० केभी चार सर्किट (मल्टी सर्किट)का दुई टावर निर्माण भइरहेका छन् । उक्त काम आगामी भदौभित्रमा सम्पन्न हुने आयोजना प्रमुख सन्तोष साहले बताउनुभयो ।

ADVERTISEMENT

हेटौंडा–भरतपुर खण्ड निर्माणका लागि भारतीय कम्पनी आइकम टेलबीच २०६५ फागुनमा ठेक्का सम्झौता भएको थियो तर काम नगरी अलपत्र पारेपछि प्राधिकरणले ठेक्का तोडी कम्पनीको कार्यसम्पादन जमानतबापत राखेको ३० लाख ५७ लाख अमेरिकी डलर पनि जफत गरेको थियो । त्यसैगरी प्राधिकरणले काम ढिला गरेबापत करिब १६ लाख डलर बिलम्ब जरिवाना पनि लगाउने निर्णय गरेको थियो ।

त्यसपछि नयाँ टेण्डर आहृवान गरी २०७७ जेठमा नयाँ ठेक्का सम्झौता गरिएको थियो । आयोजनाअन्तर्गत चितवनको भरतपुरबाट नवलपरासी (बर्दघाट सुस्ता पूर्व)को बर्दघाटसम्मको भरतपुर-बर्दघाट २२० केभी प्रसारण लाइन खण्ड आगामी साउनभित्र सञ्चालनमा ल्याउने गरी काम भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?