लघुवित्तले लक्ष्य बिर्सनुहुँदैन : अर्थमन्त्री

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 4 mins

काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले लघुवित्त संस्थाले लक्ष्य बिर्सनुनहुने बताउनुभएको छ । साना किसान विकास लघुवित्त वित्तीय संस्था र आरएमडिसी लघुवित्त वित्तीय संस्थाको एकीकृत कारोबार शुभारम्म समारोहमा बोल्दै उहाँले मर्जरपछि क्षमता र सेवा दिने लक्ष्य अझ घनिभूत हुने बताउनुभयो । मन्त्री डा. महतले भन्नुभयो, ‘नुवाकोटको तुप्चे र धनुषाको महेन्द्रनगरबाट सुरु भएको साना किसान विकास लघुवित्त अहिले देशैभर फैलिएको छ, एकीकृत सेवा प्रवाह भएपछि हुम्ला पनि समेटिने मलाई विश्वास छ । १२ लाख साना किसान परिवार सहकारीमार्फत् सेवा प्राप्त गरिरहेका छन् । यो ठूलो संख्या हो । ४५ अर्ब र सहकारी आफैंले सञ्चालन गरेको स्थानीय वित्तीय स्रोतबाट ६७ अर्ब रुपैयाँ किसानलाई आवश्यक सेवा दिएको जानकारी प्राप्त भएको छ । ८० प्रतिशत यसमा महिला सहभागी हुनुहुन्छ, आदिवासी जनजातिको ३८ प्रतिशत, दलितको संख्या ११ प्रतिशत । समग्रमा जनसंख्याको जुन आकार छ, त्यो सबैलाई समेट्ने खालको छ, यो एकदमै खुसीको कुरा हो ।’

मन्त्री महतले सरकारको गरिबी निवारणको लक्ष्य सन् २०३० सम्म दिगो विकासको लक्ष्यमा पुग्न धेरै सूचकांकमध्ये एउटा गरिबी हटाउने महत्वपूर्ण लक्ष्यलाई साना किसान लघु वित्तीय संस्थाले ठूलो भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, ‘वित्तीय संस्थामा समस्या देखिएको छ, सहकारी संस्था देशैभरि विस्तार भएको छ । स्थानीय सहभागी हुन्, त्यहीँबाट सानोतिनो पुँजी जम्मा होस् र त्यहीँका सञ्चालकहरू हुन् । सरोकारवालाकै नियन्त्रणमा संस्था हुन्छ भन्ने हाम्रो ठम्याइ हो तर यसले ठूलो आकार लियो, यसको सरोकारवालाबाट व्यवस्थापक टाढा भए । जसले गर्दा सहकारी र लघुवित्तमा समस्या आयो ।’

ADVERTISEMENT

साना किसान लघु वित्तीय संस्था यो समस्याबाट टाढा हुने र देशकै उदाहरणीयरूपमा प्रस्तुत हुने विश्वास व्यक्त गर्दै मन्त्री डा. महतले स्वाभाविकरूपमा साना किसानलाई सेवा दिने भएकाले अहिलेको चुनौती ब्याज रहेको बताउनुभयो । मन्त्री महतका अनुसार साना किसानको जीवनस्तर उठाउनुपर्ने लघुवित्तको लक्ष्य हो । सरकारको पनि सोही लक्ष्य हो, एउटा तहबाट अर्को तहमा जाँदा महँगो हुने भयो भनेर सरकारले संस्थागत संयन्त्र विकसित गरेको हो । कसरी थोरै ब्याजमा पुँजी प्रवाह गर्ने भन्ने विषय हाम्रा लागि चुनौती हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?