प्रतिनिधिसभा बैठक बस्दै : तीन दिनदेखि एउटै कार्यसूची

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 3 mins

काठमाडौं । प्रतिनिधिसभा बैठक बस्दैछ । संघीय संसद भवन, नयाँ बानेश्वरमा उक्त बैठक बस्नेछ । बैठक दिउँसो ३ बजे बोलाइएको छ ।

प्रतिनिधिसभा बैठक पटक पटक बोलाउने र अन्तिम समय बस्न नसक्ने हुँदा तीन दिनदेखि एउटै कार्यसूची रहेको छ ।

संघीय संसद सचिवालयले सार्वजनिक गरेको सम्भावित कार्यसूची अनुसार आजको बैठकमा तीनवटा विधेयक प्रस्तुत हुनेछन् । जसअनुसार राष्ट्रियसभाबाट उत्पति भएको नेपाल विश्वविद्यालय विधेयक २०८० प्रतिनिधिसभा बैठकमा टेबुल हुनेछ ।

यसैगरी, कानुन, न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङले केही नेपाल ऐन संसोधन गर्न बनेको बिधेयक २०८० पेश गर्नुहुनेछ भने राष्ट्रियसभामा उत्पति भएको ‘मुलकीसंहिता सबन्धी केही नेपाल ऐन संसोधन गर्ने विधेयक २०८० माथि’को दफावार छलफल सदनमा गरियोस भन्ने प्रस्ताव पेश गर्नुहुनेछ ।

ADVERTISEMENT

र, आजै सो विधेयकमाथि संसोधनहरूलाई निर्णयार्थ प्रस्तुत गरिने सम्भावित कार्यसूचीमा राखेको संसद सचिवालयलले मुलुकी संहिता सबन्धी बिद्येयक पारित गर्ने प्रस्ताव प्रस्तुत हुनेछ ।

केहीदिन अघि एक कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहालले दिएको अभिव्यक्तिलाई लिएर एमालेलगायत राप्रपा र रास्वपाले गत बुधबारदेखि संसद् अवरोध गर्दै आइरहेको छ । आइतबार संसद्को अवरोध खुलाउनेबारे तीन दलबीच छलफल भएको थियो । सिंहदरबारमा भएको छलफलमा प्रधानमन्त्रीले आफ्नो अभिव्यक्तिबारे संसद्‍मा प्रष्टीकरण दिने सहमति बनेको थियो । तर सहमति एक घण्टा पनि टिक्न सकेन ।

एमालेले प्रधानमन्त्रीको राजीनामाको माग कायमै राखेको र संसद चल्न नदिने बताइरहँदा प्रतिनिधिसभा बैठक आजपनि बस्न सक्ने संभावना भने कम रहेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?