यूएईमा ट्रक चलाउँदा रातो बत्तीको नियम पालना नगरे ५० हजार जरिवाना

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 2 mins

रमेश भारती/हिटा
काठमाडौं । यूएईमा हेभी ट्रक चलाउँदै हुनुहुन्छ । यूएईमा ट्रक चलाउँदा हालै ल्याइएको नयाँ नियमका बारेमा जानकारी लिनुहोला, नत्र ५० हजार दिर्हाम जरिवाना तिर्नुपर्ला । यूएई सरकारले हेभी ड्युटी ट्रक चालकले रातो बत्तीको नियम पालना नगरेमा ५० हजार दिर्हाम (करिब १८ लाख) रुपैयाँ जरिवाना र डिपोर्ट हुने नियम लागू गरेको छ ।

यूएईले आफ्नो ट्राफिक नियमका विभिन्न बुँदा संशोधन गर्दै गैरइमिरेटी नागरिक (विदेशी नागरिक)ले हेभी ड्युटी ट्रक चलाउँदा रातो बत्तीको नियम उलंघन गरेमा ५० हजार दिर्हाम अर्थात् १७ लाख ९५ हजार ३६० रुपैयाँ जरिवानासहित डिपोर्ट गर्ने प्रावधान ल्याएको हो ।

ADVERTISEMENT

यसका साथै यदि कसैले गति नियन्त्रणका लागि सवारीको जानाजान मोडिफाइ गरेमा, नम्बर प्लेटबिना चलाएमा वा ठूलो आवाजसहित चलाएमा पनि कारबाही हुनेछ । सडक सुरक्षाका साथै सडकमा हुने सवारी दुर्घटना कम गर्नका लागि यस्तो नियम ल्याएको दुबई प्रहरीले उल्लेख गरेको छ । यो नियमले सडक सुरक्षाको वातावरण सुनिश्चित गर्ने दुबई प्रहरीले विश्वास लिएको छ ।

यस्तै लापरबाहीका साथ सवारी चलाएमा, अरूलाई जोखिममा पारेमा वा प्रहरी देखेर भाग्ने कोसिस गरेमा त्यस्तो सवारीलाई सिजसमेत गर्न सक्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?