सभापति देउवाद्वारा भैरवसिंह रावल स्मृतिग्रन्थ विमोचन

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 5 mins

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले भैरवसिंह रावल स्मृतिग्रन्थको विमोचन गर्नुभएको छ ।

भैरवसिह स्मृति प्रतिष्ठानद्वारा आज यहाँ आयोजित कार्यक्रममा उहाँले कांग्रेसका कर्मठशील पुराना नेता भैरवसिंहको राजनीतिक जीवन र उहाँले राजनीतिक परिवर्तन र विकासका क्षेत्रमा पु-याएको योगदानसम्बन्धी विषयवस्तु समेटिएको कृतिको सार्वजनिकीकरण गर्नुभएको हो ।

सो अवसरमा पूर्वप्रधानमन्त्री देउवाले अछामलगायत समग्र सुदूरपश्चिम क्षेत्रमा विकासमा एकताबद्ध भएर काम गरौँ भनी स्व रावलले भन्ने गरेको घटना स्मरण गर्नुभयो । उहाँले भन्नुभयो, “रावलजीको अछामलाई वेग्लै जिल्लाका रूपमा स्थापित गराउन ठूलो योगदान छ, सुदूरपश्चिम क्षेत्र विकासमा पछि परेकाले सबै मिलेर काम गरी अघि बढाउनुपर्छ भनी प्रेरित गरिरहनुभयो ।”

मुलुकमा लोकतन्त्रका लागि भएको राजनीतिक आन्दोलन र परिवर्तनमा उहाँले खेलेको भूमिका उच्च रहेको बताउँदै सभापति देउवाले देश र जनहितका लागि रावलले देखाएको बाटोमा अघि बढन सम्पूर्ण पार्टी कार्यकतालाई आह्वान गर्नुभयो ।

परराष्ट्रमन्त्री नारायणप्रकाश साउदले राजनीति स्थिरता, स्पष्ट दृष्टिकोण, शान्ति र आवश्यक संशाधन भएमा देशले छोटो समयमै विकास र समृद्धिमा सफलता हासिल गर्न सक्ने बताउनुभयो । उहाँले भन्नुभयो, “अहिले राजनीतिमा जसले जति अवसर पायो त्यति नै असन्तुष्ट रहेको देखिएको छ, कसले कति प्राप्त गर्ने र आकांक्षा कति राख्ने भन्ने विषय पनि चोटिलो बन्न पुगेको छ, यस्तो बेला स्व रावलबाट हामीले प्रेरणा लिनुपर्छ ।”

ADVERTISEMENT

नेपाली कांग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले स्व रावलले लोकतन्त्रका लागि गरेको सङ्घर्षबाट जिल्ला र क्षेत्र मात्र नभई समग्र मुलुकले लाभ प्राप्त गरेकाले देशका लागि उहाँ गर्व गर्न लायक र अनुकरणीय व्यक्तित्वका रूपमा स्थापित रहनुभएको बताउनुभयो ।

पुस्तकका सम्पादक धनञ्जय तिमिल्सिना र वरिष्ठ पत्रकार एवं समालोचक पुरुषोत्तम दाहालले ताप्लेजुङदेखि डोटीसम्मका व्यक्तिले स्व रावलबारे लेखिएका पाठ्यसामग्री समेटिएको कृतिमा उहाँले राजनीतिक परिवर्तनका अतिरिक्त विद्यालय, बाटो जस्ता सामाजिक सुधारका माध्यमबाट पु¥याएको योगदानसमेत समेटिएको बताउनुभयो ।

उहाँहरूले लोकतान्त्रिक मूल्य, मान्यता र सिद्धान्तमा अडिग स्व रावल लोकतन्त्र भनेको संस्कृति हो भन्ने दृष्टिकोणमा सुस्पष्ट रहेको धारणा व्यक्त गर्नुभयो । प्रदेशसभा सदस्य मानबहादुर रावलले मुलुकको लोकतान्त्रिक आन्दोलनमा सक्रियताका साथ योगदान पु¥याउनुभएका स्व रावलले अछामलाई बेग्लै जिल्ला स्थापना गर्दै त्यस क्षेत्रको विकास निर्माणमा खेलेको भूमिकाका विभिन्न पक्षमा धारणा राख्नुभयो ।

लामो समयसम्म अछाम जिल्लामा नेपाली कांग्रेसको नेतृत्वदायी भूमिकामा रही काम गर्नुभएका रावलको जन्म विसं १९८२ पुस २५ गते स्थानीय सात सय दरामा तथा निधन विसं २०६९ पुस ११ गते भएको हो ।

तीन सय पृष्ठको पुस्तकमा एक साहसी एवं धर्यवान् व्यक्तित्व, भैरवसिंह रावल स् लोकतन्त्रका...., अन्तिम अन्तर्वार्ता, मान्छे मरी जाँदो वासना रै जाँदो, एक हार्दिक व्यक्तित्वलगायत शीर्षकमा लेख, अनुभव र विचार तथा तीन वटा अन्तर्वार्ता समेटिएको छ ।
रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?