२०८४ मा रास्वपा विशाल पार्टी बनेर भ्रष्टाचारीलाई ठेगान लगाएरै छाड्छ : सभापति लामिछाने

चन्द्रकान्त खनाल रुपन्देही, संवाददाता
चन्द्रकान्त खनाल रुपन्देही, संवाददाता
Read Time = 4 mins

रुपन्देही । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले रास्वपा संसदमा रहेका पार्टीहरुको पछि लागेको भनेर भाष्य स्थापित गर्न खोजिएको बताउनु भयो ।

उहाँले यसमा कुनै सत्यता नरहेको जनाउँदै रास्वपा कुनै पार्टीको पछि नलाग्ने स्पष्ट पार्नु भयो ।

रास्वप लुम्बिनी प्रदेश समितिले भैरहवामा आयोजना गरेको प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रमको शनिबार समापन गर्दै सभापति लामिछानेले भन्नुभयो, ‘रास्वपा कुनै दलकोपछि लाग्यो भनेर ठूलाठूला हेडलाइन बन्लान् तर संसदमा रहेका कुनै पार्टीको पछि रास्वपा लाग्दैन, जहिल्यै जनताको मुद्दामा पछि लाग्छ र अघि बढ्छ ।’

ADVERTISEMENT

उहाँले विगतमा रास्वपा सरकारमा जाँदा पनि जनताका मुद्दालाई पहिलो प्राथमिकतामा राखेर गएको स्मरण गर्दै सधै आमनागरिकलाई माथि राखेर पार्टी अघि बढ्ने बताउनु भयो । ‘सबैलाई थाहा छ, हामी सरकारमा जाँदा भ्रष्टाचारका फाइल खोल्ने, जनताका मुद्दालाई प्राथमिकता दिने, सुशासन र विकासका मुद्दालाई अगाडि बढाउने भनेर गएका थियौं’, उहाँले भन्नुभयो।

‘पार्टीका आम नेताकार्यकर्ता र शुभचिन्तक युवाहरु ढुक्क हुनुस्, रास्वपा कसैको पछि लाग्दैन ।’ सभापति लामिछानेले अहिले पार्टीविरुद्ध षडयन्त्र भइरहेको समेत बताउनु भयो । उहाँले मिटरब्याजसम्बन्धी अध्यादेश र नागरिकता विधेयकमा समेत संसदमा बोल्न नदिएको जनाउँदै यसलाई पार्टीविरुद्धको षडयन्त्र भएको बताउनु भयो। तर, रास्वपा आफ्नै बलबुता र जनताको साथले छोटो समयमा यहाँ आएको पार्टी भएकाले जस्तासुकै षडयन्त्र भए पनि चिरेर अघि बढ्ने प्रष्ट्याउनु भयो । ‘गएको निर्वाचनमा भएभरका दलहरु एक हुँदा पनि हामी सबैको अपार मायाले यो स्थानमा आएका हौं’, उहाँले भन्नुभयो, ‘२०८४ मा अझै बिशाल पार्टी बन्ने छौं, जनताको मुहारमा उज्यालो छर्नेगरी काम गर्ने छौं ।’
राम्रा, योग्य, अनुशासित नेताकार्यकर्ता जुनसुकै पार्टीबाट पनि रास्वपा आउन सक्ने र त्यस्तालाई पार्टीमा पनि उचित स्थान दिएर भित्र्याउने उहाँले बताउनु भयो । उहाँले पार्टीले भातृ संगठन नबनाउने र समितिमार्फत् सबैलाई गोलबद्ध गर्ने जनाउँदै अन्य पार्टीलाई पनि भातृसंस्था खारेज गरेर देखाउन चुनौति दिनुभयो। ‘क्याम्पसहरुमा ताला लगाउने र तोडफोड गर्ने भातृ संस्था जरुरी छैन, पूराना भनिएका दलहरुले भातृ संस्था खारेज गरेर देखाउन्, उहाँले भन्नुभयोे, ‘रास्वपा तपाईंहरु जस्ता आम नागरिकको सहयोगले नै विशाल पार्टी बन्ने हो, भातृ संगठनले होइन ।’
सभापति लामिछानेले अहिले सरकारले नक्कली भुटानी शरणार्थी लगायतका विषयमा केही काम गरेको तर त्यो पर्याप्त नभएको जनाउनु भयो । उहाँले भ्रष्टाचारसम्बन्धी अहिले अनुसन्धान भएका र टुंगोमा नपुगेका वा कसैलाई उन्मुक्ति दिएका फाइल २०८४ मा रास्वाप विशाल पार्टी भएपछि फाइल खोल्ने र भ्रष्टाचारीलाई ठेगान लगाएरै छाड्ने दावी गर्नु भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?