जुम्ला । मुलुकको एकमात्र सरकारी समिति राष्ट्रिय समाचार समिति ९रासस०को सञ्चालक समिति सदस्यमा पत्रकार डिल्लीराम भट्टराई नियुक्त हुनुभएको छ ।
गोलधाप–१, झापाका स्थायीबासिन्दा भट्टराई यही असार २१ गतेको मन्त्रिस्तरीय निर्णयअनुसार चार वर्षका लागि सञ्चालक समिति सदस्यमा नियुक्त हुुनुभएको हो ।
रासस ऐन, २०१९ को दफा ८ को उपदफा (१) खण्ड (ख) बमोजिम पत्रकार भट्टराईलाई सञ्चालक समिति सदस्यमा नियुक्त गरिएको सूचना तथा सञ्चार मन्त्रालयले जानकारी दिएको छ ।
जनधारणा साप्ताहिकबाट पत्रकारिता सुरु गर्नुभएका सदस्य भट्टराईले राइजिङ नेपाल, राजधानी दैनिक, नेपाल ट्राभलर, न्यूज २४ को टेलिभिजनमा काम गरिसक्नुभएको छ ।
यस्तै मदन भण्डारी कलेजका पत्रकारिता विभाग प्रमुखसमेत रहिसक्नुभएका भट्टराई सेन्ट जेभियर्स कलेजमा पत्रकारिता विषयमा अध्यापन गरेको अनुभवसमेत रहेको छ ।
उहाँ यसअघि पनि चार वर्षका लागि राससको सञ्चालक सदस्य भइसक्नुभएको छ। पत्रकारितामा स्नातकोत्तर गर्नुभएका भट्टराई हाल समय सन्दर्भ पाक्षिकका प्रधानसम्पादकको जिम्मेवारी सम्हाल्दै आउनुभएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच