बजाजका दुई बाइक

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 2 mins

काठमाडौं । नेपालस्थित बजाज मोटरसाइकलको आधिकारिक बिक्रेता हंसराज हुलासचन्द एण्ड कम्पनी प्रालि(गोल्छा ग्रुप)ले नयाँ पल्सर एनएस २०० र एनएस १६० सार्वजनिक गरेको छ । सो अवसरमा गोल्छा ग्र्रुपका निर्देशक अभिमन्यु गोल्छाले भन्नुभयो, ‘हाम्रा दुई नयाँ बाइक बजारमा ल्याउन पाउँदा हामी एकदमै उत्साहित छौँ । नयाँँ-नयाँँ विशेषतासहितको अत्याधुनिक बाइक ल्याएर हाम्रा राइडरको राइडिङ अनुभवलाई निरन्तर परिष्कृत गर्दै लैजाने हाम्रो प्रतिबद्धता रहनेछ ।’

ADVERTISEMENT

कम्पनीका अनुसार नयाँ पल्सर एनएस २०० युएसडीमा १९९.५ सिसीको लिक्विड कुल्ड तथा फ्युल इन्जेक्सन टेक्नोलोजीसहितको अत्याधुनिक विएभिआई इञ्जिन रहेको छ भने आकर्षक र आक्रामक डिजाइनका साथमा नयाँ फिचर र कार्यक्षमतालाई एकसाथ ल्याएको छ । त्यस्तै, पल्सर एनएस १६० युएसडीमा १६०.३ सिसीको आयल कुल्ड तथा फ्युल इन्जेक्सन टेक्नोलोजीसहितको इञ्जिन रहेको छ । पल्सर एनएस २०० र एन एस १६० को मूल्य क्रमशः चार लाख २४ हजार नौ सय र तीन लाख ८४ हजार नौ सय रुपैयाँ रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?