डिजिटल बैंकिङ प्रवद्र्धनमा गभर्नरको जोड

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 4 mins

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले डिजिटल वित्तीय सेवा वित्तीय प्रणालीको अभिन्न अंग रहेको बताउनुभएको छ । साउथ एसियन रेजिनल फाइनान्सियल इन्क्लुजन इनिटिभ(एसएआरएफआइआई) द्वारा बुधबार आयोजित साउथ एसिया लिडर्स राउण्ड टेबल विषयक भर्चुअल बैठकलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । एसएआरएफआइआईका उपाध्यक्षसमेत रहनुभएका गभर्नर अधिकारीले भन्नुभयो, ‘डिजिटल वित्तीय सेवा हाम्रो बैंकिङ प्रणालीको अभिन्न अंग हो । कोभिड जस्ता संकट र अनिश्चितताको समयमा यसले व्यावसायिक निरन्तरतामा टेवा पुर्‍याउँछ ।’

गभर्नर अधिकारीले दक्षिण एसियाली मुलुकबीचको अन्तरदेशीय भुक्तानी प्रणाली थप मजबुत बनाउनुपर्ने आवश्यकता औँल्याउनुभयो । दक्षिण एसिया क्षेत्रमा वित्तीय साक्षरता र समावेशीकरण प्रवद्र्धन गर्न सबैले ऐक्यबद्धता जनाउनुपर्ने बताउनुभयो । नेपालमा डिजिटल भुक्तानीको नीतिगत तथा प्राविधिक पूर्वाधार विकास, अन्तरदेशीय भुक्तानी संयन्त्र, वित्तीय ग्राहक संरक्षण, लघुवित्त सेवा प्रवद्र्धनलगायतका क्षेत्रमा भएका प्रगतिबारे चर्चा गर्दै उहाँले नेपालको कुल जनसंख्याको दुई तिहाई हिस्सामा मोबाइल बैंकिङको पहुँच पुगेको र पछिल्लो समयमा क्युआर कोड, डिजिटल वालेट जस्ता माध्यमबाट हुने भुक्तानी कारोबारमा उल्लेख्य वृद्धि भएको जानकारी दिनुभयो । डिजिटल भुक्तानीको तीव्र विकाससँगै प्रणालीका सम्भावित जोखिम सम्बोधन गर्न नेपालमा आवश्यक संयन्त्र विकास गरिएको पनि उहाँले बताउनुभयो । गभर्नर अधिकारीले भन्नुभयो, ‘साइबर सुरक्षा जोखिमलाई केन्द्रित गर्दै बैंक तथा वित्तीय संस्थाको ‘सिस्टम अडिट’ गराई सुपरीवेक्षकीय अनुगमनको अभ्याससमेत सुरु गरेका छौँ ।’

ADVERTISEMENT

बैठकमा बंगलादेश बैंकका डेपुटी गभर्नर नुरुन नाहर, सेन्ट्रल बैंक अफ श्रीलंकाका डेपुटी गभर्नर टिएमजेवाइपी फर्नान्डो, माइक्रो क्रेडिट रेगुलेटरी अथोरिटी अफ बंगलादेशका कार्यकारी उपाध्यक्ष मोहम्मद फासिउल्लाह र सार्क मुलुकका केन्द्रीय बैंकका अन्य पदाधिकारीको सहभागिता थियो । माल्दिभ्स मनिटरी अथोरिटीका गभर्नर अली हसिमले बैठकको अध्यक्षता गर्नुभएको थियो ।

दक्षिण एसियामा वित्तीय समावेशीकरणलाई प्रवद्र्धन गर्ने उद्देश्यका साथ सन् २०२२ सेप्टेम्बरमा एलाइन्स फर फाइनान्सियल इन्क्लजन(एएफआई)को क्षेत्रीय संयन्त्रका रूपमा एसएआरएफआइआईको स्थापना भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?