सिटिजन्सका एकै दिन पाँच शाखा

Read Time = 1 min

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनलले थप पाँच शाखा विस्तार गरेको छ । बैंकले कोशी प्रदेशको संखुवासभा खाँदबारी, गण्डकी प्रदेशको तनहुँ दमौली, लुम्बिनी प्रदेशको बर्दिया गुलरिया, कर्णाली प्रदेशको सल्यान श्रीनगर र सुदूरपश्चिम प्रदेशको बैतडी पाटनमा ‎एकैसाथ नयाँ शाखा विस्तार गरेको हो ।

ADVERTISEMENT

पछिल्ला शाखासँगै शाखा संख्या १८८ पुगेका छन् । सुविधासम्पन्न शाखामार्फत् ग्राहकको वित्तीय आवश्यकता पूरा गर्न आवश्यक सम्पूर्ण रिटेल बैंकिङ सेवाका साथै साना तथा कर्पोरेट व्यवसायीमाझ वित्तीय पहुँच पुर्‍याउने लक्ष्य बैंकले राखेको छ । मंगलबार एक समारोहबीच बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेलले मर्यादित ढंगबाट आफ्ना ग्राहकलाई उत्कृष्ट सेवा सुविधा उपलब्ध गराउन निर्देशन दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?