वेदालयको ब्राण्ड एम्बेडसरमा गजुरेल

Read Time = 2 mins

काठमाडौं । निर्माण सामग्री बिक्रेता कम्पनी वेदालयले कलाकार मनोज गजुरेललाई ब्राण्ड एम्बेसडर नियुुक्त गरेको छ । बाथरुम फिटिङ सामग्री जल, फोनिर्ट युुपिभिसी, इनक्राफ्ट युपिभिसीलगायत विभिन्न अन्तर्राष्ट्रिय ब्राण्डका आधुनिक तथा नयाँ निर्माण सामग्री र निर्माण सामग्री नेपालमा भित्र्याउँदै आएको कम्पनीले गजुरेललाई ब्राण्ड एम्बेसडर नियुक्त गरेको हो ।

वेदालयले एउटै छातामुनिबाट निर्माणसम्बन्धी सम्पूर्ण सामग्री र सेवा प्रदान गर्दै आएको छ । निर्माण सामग्रीको व्यापारमा केन्द्रित हुँदै आएको कम्पनीसँग निर्माण र निर्माणसँग सम्बन्धित उद्योग तथा कलकारखानासँग पनि प्रत्यक्ष र बृहत् पहुँच रहेको छ ।

ADVERTISEMENT

उच्च गुणस्तर र उपभोक्ताको सन्तुुष्टिलाई प्राथमिकतामा राखेको कम्पनीले आफ्नो दशकौं लामो अनुुभवको उच्चतम् प्रयोग गर्दै सम्पूर्ण निर्माण क्षेत्रकै सुधारको प्रयास गरिरहेको कम्पनीका अध्यक्ष जयराम अर्यालले बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?