संघीयतालाई थप बलियो बनाउनका लागि हाम्रो कार्यशैली बदल्नुपर्छ : प्रधानमन्त्री

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 5 mins

पोखरा । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तीनै तहका सरकारले आफ्नो सोच र कार्यशैली बदलेर मात्र संघीय लोकतान्त्रिक प्रणाली बलियो बनाउन सकिने बताउनुभएको छ । कास्कीको पोखरामा शनिबार आयोजित राष्ट्रिय समन्वय परिषद्को प्रथम बैठकको अध्यक्षता गर्दै प्रधानमन्त्रीले संघीयतालाई बलियो बनाउन सबैको उत्तिकै सार्थक प्रयास हुनु आवश्यक रहेको बताउनुभयो । प्रधानमन्त्रीले भन्नुभयो, ‘संघीयताको मर्म र यसको दीर्घकालीन महत्व हामीले बुझेनौँ भने यसको फाइदा संघीयताका विरोधीहरूले लिनेछन् । हामीले जति छिटो र राम्रो कार्यसम्पादन गर्छौँ, जनताले त्यति नै मात्रामा संघीयताबाट लाभ लिन सक्छन् । संघीयता कार्यान्वयनका लागि ऐनहरू बनेका छन्, तर ती पूर्ण छैनन् । समन्वयको प्रभावकारिता पनि जरुरी छ । हाम्रो जोड त्यता हुन जरुरी छ ।’

लामो संघर्ष र पहलपछि देश संघीय गणतन्त्रमा आएको उल्लेख गर्दै प्रधानमन्त्रीले यो कुनै भावावेशमा गरिएको निर्णय नभएको तथा सुविचारित निष्कर्षका कारण नै हामी अहिले हामी संघीय प्रणालीमा रहेको बताउनुभयो । उहाँले यसको व्यवस्थापन र प्रभावकारी कार्यान्वयन पनि हाम्रै भएकाले यसमा चुक्न नहुने धारणा राख्नुभयो । प्रधानमन्त्रीले भन्नुभयोे, ‘कतिपय शक्तिहरू यस (संघीय गणतन्त्र)लाई ढलाउन सकिन्छ कि भनेर लागिरहेका छन् । पुरातनपन्थी र हावाहुरीबाट आएका शक्तिहरू पनि यसलाई कमजोर पार्न लागिरहेका छन् । त्यसैले लोकतान्त्रिक शक्तिहरूले नै यसको पहल र स्वामित्व लिनुपर्छ । नेपालको भूराजनीतिक संवेदनशीलताका कारण पनि व्यवस्था बलियो बनाउन हामीहरू नै लाग्नुपर्छ ।’ राष्ट्रको स्वाधीनता र समृद्धिको नेतृत्व अरूले गर्न नसक्ने भएकाले लोकतन्त्रभित्र देखिएका समस्या समाधानको हैसियत लोकतान्त्रिक शक्ति र दलले नै सक्ने र यो जिम्मेवारीलाई सत्तापक्ष, प्रतिपक्ष सबैले ठिक ढंगले लिन जरुरी रहेको बताउनुभयो ।

ADVERTISEMENT

‘भ्रष्टाचारविरुद्ध अनुसन्धान रोकिन्न, थप तीव्र बनाइन्छ’
प्रधाधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भ्रष्टाचारविरूद्ध अनुसन्धानको कार्यले थप तीव्रता पाउने बताउनभुएको छ । शनिबार दिउँसो पोखराका सञ्चारकर्मीहरूसँग अन्तरक्रिया गर्दै प्रधानमन्त्रीले सो कुरा बताउनुभएको हो । भ्रष्टाचार देशको विकराल समस्या भएको बताउँदै यसका अनुसन्धान थप बढाउने उहाँले बताउनुभयो । ‘भ्रष्टाचार देशको विकराल समस्या हो । नक्कली भुटानी शरणार्थी प्रकरण होस् वा ललिता निवास प्रकरण होस्, यसमा सरकार दृढताका साथ अगाडि बढेको छ । थप तीव्रताका साथ अघि बढ्छ,’ उहाँले भन्नुभयोे, ‘प्रहरीले आफ्नो तर्फबाट अनुसन्धान गरिरहेको छ । प्रहरीलाई सरकारले आवश्यक निर्देशित गरिरहेको छ । यो प्रक्रिया अगाडि बढिरहेको छ, निरन्तर अगाडि जान्छ ।’ उहाँले अर्थतन्त्र पनि विस्तारै लयमा फर्किएको बताउनुभयो । ‘अर्थतन्त्र धराशायी नै हुन्छ कि भन्ने थियो । तर, अर्थतन्त्र विस्तारै लयमा फर्किएको छ । यसपटकको भारत भ्रमण ऐतिहासिक भएको छ,’ उहाँले भन्नुभयो, ‘राष्ट्रको हितमा भारतसँग धेरै महत्वपूर्ण समझदारी भएका छन् । भारतीय प्रधानमन्त्रीले आफैँ सीमा समस्या हल गरिन्छ भन्ने कुरा ठूलो विषय हो । यसअघि भारतका कार्यकारी प्रमुखले यसबारे बोलेका छैनन् । यस्तै, चीन भ्रमणको पनि तयारी भइरहेको उहाँले बताउनुभयो । ‘राष्ट्र र जनताप्रति इमानदार भएर काम गरिरहेको छु । छिट्टै चीन भ्रमण हुँदै छ, त्यसको तयारी भएको छ । त्यहाँ पनि देश र जनताको हितमा अधिकतम राम्रो कोसिस हुन्छ,’ उहाँले भन्नुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?