एनसेलको नयाँ एनसेल सेन्टर लहानमा

Read Time = 2 mins

काठमाडौं । एनसेल आजियाटा लिमिटेडले लहानको शहीद चोकमा नयाँ सेन्टर सञ्चालनमा ल्याएको छ । एनसेलका प्रमुख कार्यकारी अधिकृत तथा प्रबन्ध निर्देशक जाब्बोर कायुमोभले एक कार्यक्रमबीच बिहीबार उक्त एनसेल सेन्टर उद्घाटन गर्नुभएको हो । आफ्नो ब्राण्ड बाचा ‘आज, भोलि, सधैं सँगै’ अनुरूप स्थापना गरिएको नयाँ एनसेल सेन्टरबाट ग्राहकले एनसेलका सेवा तथा सुविधाबारेमा सोधपुछ गर्न, सिम खरिद गर्न, इन्टरनेट सेटिङको जानकारीलगायत विभिन्न कर्पोरेट सेवासमेत लिन सक्ने कम्पनीले जनाएको छ ।

ADVERTISEMENT

साथै सेन्टरबाट आफ्नो सिम फोरजीमा अपग्रेड, सिम तथा मोबाइल नम्बर परिवर्तन, सिम इसिममा अपग्रेड, सियुजी नम्बर आवश्यक फेरबदल, बिज प्लान, अन्तर्राष्ट्रिय रोमिङ सुचारु, बिल तिर्ने, ब्यालेन्स रिचार्ज र ट्रान्सफर गर्नेलगायतका सेवा पनि उपलब्ध हुने बताइएको छ । एनसेलले विगत १० वर्षदेखि लहानमा आफ्नो पुरानो एनसेल सेन्टरबाट ग्राहकलाई सेवा प्रदान गर्दैै आएको थियो । ग्राहक सेवालाई अझ सहज बनाई उत्कृष्ट ग्राहक अनुभव प्रदान गर्न कम्पनीले देशका विभिन्न भागमा ३४ वटा एनसेल सेन्टर सञ्चालन गर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?