जीवन बीमा कम्पनीहरुको बीमा शुल्क १ खर्ब २४ अर्ब रुपैयाँभन्दा बढी

Read Time = 1 min

काठमाडौ । जीवन बीमा कम्पनीहरुले चालु आर्थिक वर्षको ११ महिनासम्मा १ खर्ब २४ अर्ब रुपैयाँभन्दा बढी बीमा शुल्क आर्जन गरेका छन् । नेपाल बीमा प्राधिकरणको जेठ मसान्तसम्मको तथ्यांक अनुसार १५ वटा जीवन बीमा कम्पनीहरुले कुल १ खर्ब २४ अर्ब ५४ करोड ३८ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेका हुन् ।

ADVERTISEMENT

यस अवधिमा नेपाल लाइफ इन्सुरेन्सले सबैभन्दा धेरै ३२ अर्ब ३६ लाख ६१ हजार रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ । त्यसपछि, लाइफ इन्सुरेन्स कर्पोरेसनले १५ अर्ब ४८ करोड ५१ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ । त्यसैगरी, नेसनल लाइफ इन्सुरेन्स कम्पनीले १४ अर्ब ७ करोड ४ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेका छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?