नेसनल लाइफको अभिकर्ता तालिम

Read Time = 1 min

काठमाडौं । रन फर इन्कम चेञ्ज योर एमडिआरटी भन्ने नाराका साथ नेसनल लाइफ इन्स्योरेन्सले शनिबार झापामा प्रि-एमडिआरटी सम्मान तथा अभिकर्ता तालिम कार्यक्रम आयोजना गरेको छ । कम्पनीको कोशी प्रदेशमा रहेका शाखा कार्यालयसँग आबद्ध भई बिमा व्यवसाय गर्दै आएका अभिकर्ताको व्यावसायिक दक्षता अभिवृद्धि गराई एमडिआरटीको लक्ष्य पूरा गराउने उद्देश्यले तालिम कार्यक्रम आयोजना गरिएको कम्पनीले जनाएको छ ।

ADVERTISEMENT

कार्यक्रम उद्घाटन कम्पनीका प्रमुख कार्यकारी अधिकृत सुरेशप्रसाद खत्रीले गर्नुभएको थियो । सो अवसरमा उपस्थित करिब सात सयजना अभिकर्तालाई जीवन बिमा व्यवसायमा थप हौसला प्रदान गर्दै अभिकर्ताको व्यावसायिक दक्षता अभिवृद्धि गरी एमडिआरटीको लक्ष्य पूरा गराउने उद्देश्यसाथ अन्तर्राष्ट्रिय प्रशिक्षक विजयकुमार झाले तालिम प्रदान गर्नुभएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?