प्रतिनिधिसभामा आज मन्त्रीहरूले जवाफ दिने

राष्ट्रियसभामा प्रधानमन्त्रीले प्रतिवेदन पेश गर्ने

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 3 mins

काठमाडौं । प्रतिनिधिसभाको बैठक आज (आइतबार) बस्दै छ । आज दोस्रो अधिवेशनको ३४औं बैठक बस्न लागेको हो । बिहान १० बजे नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा बस्नेगरी बैठक आहृवान गरिएको छ । बैठकका लागि विभिन्न सम्भावित कार्यसूची तय गरिएको छ । बैठकमा विनियोजन विधेयकमाथिको छलफल जारी रहनेछ । विनियोजन विधेयक, २०८० अन्तर्गत मन्त्रालयका विभिन्न शीर्षकमाथिको छलफलका क्रममा उठाइएका प्रश्नहरूको सम्बन्धित मन्त्रीहरूले जवाफ दिने सम्भावित कार्यसूची छ ।

आजको बैठकमा गृह मन्त्रालय, वन तथा वातावरण मन्त्रालय, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय, युवा तथा खेलकुद मन्त्रालय, शहरी विकास मन्त्रालय, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमाथिका प्रश्नहरूको जवाफ दिइने संसद् सचिवालयले जनाएको छ ।

यता, आज (आइतबार) राष्ट्रियसभाको १४औं अधिवेशनको १६औं बैठक बस्दै छ दिउँसो १ बजेर १ मिनेटमा नयाँबानेश्वरस्थित संघीय संसद् भवनमा बस्ने गरी बैठक आहृवान गरिएको छ ।

ADVERTISEMENT

बैठकका लागि विभिन्न सम्भावित कार्यसूची तय गरिएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालको संविधानको धारा ५३ बमोजिमको नेपाल सरकारको वार्षिक प्रतिवेदन, २०७८/०७९, महालेखापरीक्षकको ६०औं वार्षिक प्रतिवेदन, २०७९, राष्ट्रिय महिला आयोगको १५औं वार्षिक प्रतिवेदन, २०७८/७९ र राष्ट्रिय दलित आयोगको दोस्रो वार्षिक प्रतिवेदन, २०७८/७९ सभासमक्ष पेश गर्ने सम्भावित कार्यसूची छ ।

यस्तै, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले मुलुकीसंहितासम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक, २०८० पेश गर्नेछन् । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले राष्ट्रियसभाका पूर्वसदस्य महेश चौधरीको निधनमा शोक प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?