काठमाडौं । चालु आर्थिक वर्षको ११ महिना अर्थात् जेठसम्मको व्यापारघाटा १३ खर्ब नाघेको छ । भन्सार विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार चालु आर्थिक वर्ष २०७९/०८० को जेठसम्ममा १३ खर्ब ३७ अर्ब ३९ करोड व्यापारघाटा पुगेको हो । तर, गत आर्थिक वर्षको जेठसम्मको तुलनामा चालु आर्थिक वर्षको सोही अवधिमा आयात १६.०१ एक प्रतिशतले घटेको छ । चालु आवको जेठसम्म १४ खर्ब ८० अर्ब ९८ करोड बराबरको वस्तु आयात भएको छ ।
निर्यात पनि २२.७४ प्रतिशतले घटेर एक खर्ब ४३ अर्ब ५८ करोडमा सीमित हुन पुगेको छ । कुल वैदेशिक व्यापारमा आयात हिस्सा ९१.१६ प्रतिशत र निर्यात हिस्सा ८.८४ प्रतिशत रहेको छ । नेपालले सबैभन्दा बढी व्यापार गर्ने छिमेकी मुलुक भारतसँग मात्र भएको सो अवधिमा आठ खर्ब ३८ अर्ब ८५ करोड बराबर व्यापारघाटा रहेको छ । जेठसम्ममा भारतबाट नौ खर्ब ३७ अर्ब ८३ करोडको आयात हुँदा ९८ अर्ब ९७ करोडको मात्रै निर्यात भएको भन्सार विभागको तथ्यांकमा उल्लेख छ । चीनबाट दुर्ई खर्ब दुर्ई अर्ब ३७ करोडको वस्तु आयात हुँदा एक अर्ब ५२ करोडको मात्र निर्यात भएको छ भने चीनसँगको व्यापारघाटा दुर्ई खर्ब ८४ करोड पुगेको छ । इण्डोनेसियासँग ३९ अर्ब ७५ करोड, संयुक्त अरब इमिरेट्ससँग ३० अर्ब ७४ करोड र अर्जेन्टिनासँग २३ अर्ब ४७ करोडको व्यापारघाटा रहेकोे छ । तर, सो अवधिसम्म नेपालले डेनमार्कसँग ४३ करोड ६० लाख, नर्वेसँग १० करोड १६ लाख र अल्जेरियासँग सात करोड २५ लाख व्यापारबाट नाफा गरेको छ ।
जेठसम्ममा नेपालले सबैभन्दा बढी आयात गरेका वस्तुमा एक खर्ब ३७ अर्ब ६० करोडको डिजेल, ६१ अर्ब ३८ करोडको पेट्रोल र ५४ अर्ब ३२ करोडको एलपी ग्याँस रहेको छ । त्यस्तै, ३४ अर्ब तीन करोडको कच्चा सोयाबिन तेल, २४ अर्ब ९७ करोडको कोइला र २४ अर्ब ६२ करोडको कच्चा पाम तेल रहेको छ । नेपालले धेरै निर्यात गरेका वस्तुमा कार्पेट, पाम तेल, सोयाबिन तेल, अलैंचीलगायत छन् । सो अवधिमा नेपालबाट सबैभन्दा धेरै १० अर्ब ३२ करोडको कार्पेट निर्यात गरेको छ भने १० अर्ब २१ करोडको प्रशोधित पाम तेल, आठ अर्ब ४७ करोडको प्रशोधित सोयाबिन तेल र सात अर्ब ७० करोडको अलैंची निर्यात भएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच