अल्टिमा स्पिकर

Read Time = 2 mins

काठमाडौं । अल्टिमा लाइफस्टाइलले स्पिकर वर्गअन्तर्गत नयाँ अल्टिमा डाइनामाइट ल्याएको छ । गीत सुन्ने सामान्य अनुभवलाई अझै परिष्कृत बनाउने परिकल्पनासाथ कम्पनीले नेपाली बजारमा सबै संगीतप्रेमीका लागि उच्च गुणस्तरको स्पिकर सार्वजनिक गरेको हो ।

हालै कम लागतको ब्लुटुथ कलिङ स्मार्टवाच ‘वाच म्याजिक’ले नेपालको इ-कमर्स लन्च इतिहासमा नयाँ कीर्तिमान कायम गर्न सफल भएको छ । नेपालको सबैभन्दा ठूलो इ-कमर्स प्लेटफर्म दराजबाट लन्च-डेमा मात्र दुई सय ३० भन्दा बढी पिस वाच म्याजिक बिक्री गरेर स्मार्टवाचको बिक्रीमा नयाँ रेकर्ड कायम गरेको थियो । अल्टिमा डाइनामाइट स्पिकरमा रहेको ब्याट्रीका कारण स्पिकरले ११ घण्टासम्म राम्रो प्लेब्याक प्रदान गर्ने कम्पनीको दाबी छ ।

ADVERTISEMENT

अल्टिमाका संस्थापक अमित अग्रवालले भन्नुभयो, ‘हामी अडियो क्षेत्रमा एक उदीयमान ब्राण्डका रूपमा यो स्पिकरले हाम्रो नवीनताप्रतिको प्रतिबद्धता प्रष्ट दर्शाउनेमा विश्वस्त छौँ ।’ अल्टिमा डाइनामाइटको मूल्य दुई हजार पाँच सय ९९ रुपैयाँ रहेको छ तर विशेष लन्च अफरका रूपमा पहिलो सय ग्राहकले एक हजार नौ सय ९९ मै दराजबाट खरिद गर्न सक्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?