दुग्ध बोर्ड खारेज नगर्न प्रधानमन्त्रीलाई आग्रह

Read Time = 3 mins

काठमाडौं । नेपाल डेरी एसोसिएसन, डेरी उद्योग संघलगायत पशुपालन र दुग्ध क्षेत्रसँग सम्बन्धित विभिन्न संगठनहरूले राष्ट्रिय दुग्ध विकास बोर्ड खारेजी सम्बन्धमा प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका छन् । दुग्ध क्षेत्रको प्रवद्र्धनका लागि बोर्डको आवश्यकता रहेको भन्दै बोर्ड खारेजी नगर्न ध्यानाकर्षण गराएका हुन् । डेरी एसोसिएनका अध्यक्ष प्रल्हाद दाहाल, डेरी उद्योग संघका अध्यक्ष राजकुमार दाहाल, केन्द्रीय दुग्ध सहकारी संघका महासचिव रामप्रसाद आचार्य, केन्द्रीय पशुपक्षी तथा मत्स्य सहकारी संघका अध्यक्ष, बाबुराम अधिकारी र नेपाल डेरी साइन्स एसोसिएसनका महासचिव डा. बालक चौधरीले विज्ञप्तिमार्फत् संयुक्तरूपमा ध्यानाकर्षण गराएका हुन् ।

जारी विज्ञप्तिअनुसार नेपालको अर्थतन्त्रमा दुग्ध क्षेत्रको योगदान करिब छ प्रतिशत छ भने दुग्ध क्षेत्रले पशुपालन क्षेत्रमा करिब ६६ प्रतिशत योगदान पु¥याएको छ । करिब ३० लाख घरपरिवार दूध उत्पादनमा प्रत्यक्ष र अप्रत्यक्ष संलग्न रहेका छन् भने चार हजार सहकारी संस्थाद्वारा दूध संकलन र छ सय दुग्ध उद्योगमार्फत् दूध प्रशोधन कार्य भइरहेको छ ।

ADVERTISEMENT

निजी क्षेत्रको लगानी ४० अर्ब रहेको छ भने शहरबाट गाउँमा औपचारिक क्षेत्रमार्फत् दैनिक छ करोडभन्दा बढी रकम प्रवाह हुन्छ । आर्थिक २०८०÷०८१ कोे बजेट वक्तव्यमा केही बोर्ड, संघ, संस्थान, समिति खारेजीमा परेकोमध्ये राष्ट्रिय दुग्ध विकास बोर्ड पनि परेको छ । विगत तीन दशकभित्र डेरी क्षेत्रको विकासमा कम स्रोत र साधनका बाबजुद पनि बोर्डले पुर्‍याएको योगदानका कारण धानपछिको सबैभन्दा राम्रो व्यवसाय दुग्ध क्षेत्र भएको बताइएको छ ।

बोर्डले राष्ट्रियस्तरमा दुग्ध व्यवसायसम्बन्धी नीति निर्माण र सोसम्बन्धी विकास योजना तर्जुमाका साथै दूध तथा दुग्ध पदार्थको उत्पादन एवं प्रवद्र्धनका लागि आवश्यक पदार्थ आयात तथा उत्पादित दूध तथा दुग्ध पदार्थको निर्यातसम्बन्धी नीति तर्जुुमा गर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?