भुटानी शरर्णाथी प्रकरण : आज सरकारी वकिलले जवाफी बहस गर्ने

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 2 mins

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणको मुद्दामा आज सरकारी वकिलले जवाफी बहस गर्ने भएका छन् ।

सरकारी वकिलका तर्फबाट जवाफी बहस गर्दै अभियुक्त तर्फका वकिलले उठाएको कानुनी प्रश्नको जवाफ दिइने भएको हो । काठमाडौं जिल्ला अदालतमा गत बुधबारदेखि प्रतिवादी पक्षका कानुन व्यवसायीले बहस थालेका थिए ।

सरकारी वकिलहरूले प्रतिवादीका कानुन व्यवसायीले उठाएका प्रश्न र न्यायाधीशको जिज्ञासालाई सम्बोधन गर्दै आज बहस गर्नेछन् ।

सरकारी पक्षको जवाफी बहसपछि सम्भवतः आजनै काठमाडौं जिल्ला अदालतका न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलालसले थुनछेक आदेश सुनाउनेछ।

ADVERTISEMENT

उक्त घटनामा ३० जनालाई प्रतिवादी बनाएर मुद्दा दर्ता गरिएको छ । उनीहरूविरुद्ध किर्ते, ठगी, संगठित अपराध, एकीकृत कसुरसमेत गरेकाले सोहीअनुसार सजायको मागदाबीसहित मुद्दा दर्ता गरिएको थियो ।

त्यसमाथि सार्वजनिक ओहदामा बसेका व्यक्तिको हकमा थप तीन वर्ष सजाय हुनसक्छ । कैदका साथै २८ करोड ८१ लाख बिगोसमेतको माग गरिएको छ । उक्त घटनाका आरोपी १२ जना अझै फरार छन् ।

उक्त प्रकरणमा प्रहरीले पूर्वगृहमन्त्री बालकृष्ण खाँण, पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, सोही घटनामा मुछिएर निलम्बनमा परेका नेपाल सरकारका सचिव टेकनारायण पाण्डे, पूर्वगृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार डा. इन्द्रजित राईलगायत १८ जनालाई पक्राउ गरी हिरासतमा राखेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?