साउदीले पुरानै प्रक्रियाबाट कामदार लिने, तत्काल एसइई नचाहिने

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 7 mins

रमेश भारती/हिटा
काठमाडौं । साउदी सरकारले नेपालबाट पुरानै प्रक्रियाबाट नेपाली कामदार रोजगारीका लागि लिने भएको छ । नेपालमा रहेको साउदी दूतावासले जुन १२ अर्थात् यही जेठ २९ गतेदेखि नेपालबाट वैदेशिक रोजगारीमा साउदी जाने श्रमिकको भिसाको प्रक्रियामा शैक्षिक योग्यताको प्रमाणपत्र अनिवार्य पेस गर्नुपर्ने सूचना जारी गरेको थियो । उक्त सूचनामा अदक्ष कामदारले समेत कम्तीमा (एसइई) पास गरेको शैक्षिक प्रमाणपत्र पेस गर्नुपर्ने उल्लेख थियो ।

दूतावासले माथिल्ला पदहरूमा यसअघि पनि शैक्षिक प्रमाणपत्र र तालिम लगायतका योग्यता खुल्ने कागजात माग गरिने विषय यथावत रहे पनि लेबर भिसामा शैक्षिक प्रमाणपत्र माग नगरेको जवाफ व्यवसायी र परराष्ट्र मन्त्रालयलाई दिएको थियो । भने, साउदीले विगतकै प्रक्रियाबाट कामदार लिने दूतावासले जनाएको छ । दुई साताअघि नै साउदी दूतावासले नेपालबाट वैदेशिक रोजगारीमा जानेहरूको भिसा आवेदन दिँदा शैक्षिक योग्यताको प्रमाणपत्र पनि अनिवार्य रूपमा पेस गर्न म्यानपावर एजेन्सीहरूलाई सूचना पठाएको थियो ।
दूतावासको नीति आर्थिक र व्यावहारिक दृष्टिकोणले समेत अनुचित र झन्झटिलो रहेकोे विषयमा छलफल भएपछि पुरानै प्रक्रियाले भिसा प्रदान गर्ने सहमति भएको नेपाल वैदेशिक रोजगार व्यवसायी संघले विरोध जनाउँदै आएको थियो । साउदी जाने कामदारको योग्यता तोक्ने काम दूतावासको नभई कामदारलाई रोजगारी दिने कम्पनीको विषय भएको भन्दै शैक्षिक प्रमाणपत्र माग गरेको विषयमा संघ सरकारको समेत ध्यानाकर्षण गराएको थियो ।

साउदीको पछिल्लो निर्णयले नेपालबाट साधारण (अदक्ष) श्रमिकको रूपमा वैदेशिक रोजगारीमा जानेहरूलाई झन्झण्ट हुने र कैयौँ श्रमिक एसइईसम्मको शैक्षिक योग्यता नभएकै कारण रोजगारीबाट वञ्चित हुने रोजगार विज्ञहरूले समेत औल्याउँदै आएका थिए । वैदेशिक रोजगारी र दुई देशको श्रम सम्बन्धमा समेत असर पर्ने भएकाले साउदीको तर्फबाट भएको यो निर्णयबारे श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले औपचारिक रूपमा नै बसेर छलफल गरेको श्रन्त्रालयका सहसचिव राजीव पोख्रेलले जानकारी दिनुभयो ।

साउदी रोजगारीमा जाने कामदारका हकमा तत्काल शैक्षिक प्रमाणपत्र आवश्यक नभएको उहाँले बताउनुभयो । ‘नेपालले समझदारीको खाका बनाएर साउदीलाई इलेकट्रोनिक कपी पठाएको छ । नेपाल र साउदीबीच श्रम समझदारीको लागि पनि प्रक्रिया अघि बढिसकेको छ । जसका कारण अहिले शैक्षिक प्रमाणपत्र विषय नसमेटिएको हो ।’ उहाँले भन्नुभयो, ‘शैक्षिक प्रमाणपत्र जुटाउन नसक्नेहरूले पहिलेजस्तो सहज रूपमा साउदीमा लेबरको काममा जान पाउने अवस्था हुँदैन् । साउदी दूतावासले तत्काललाई पुरानै प्रक्रियामार्फत भिसा जारी गर्ने भएको छ ।’

ADVERTISEMENT

यस्तै, साउदीमा अदक्ष रूपमा अहिले गइरहेका श्रमिकहरू धेरैजसोको हातमा सम्बन्धित कामबारे सीप भएको हुने, कतिपय वर्षौंदेखि नेपालमा त्यही काम गर्दै आएकाहरू र कतिपय भने विदेशमा काम गरेर अनुभव लिइसकेका तर शैक्षिक योग्यता नभएकाहरू कामदार हुनेगरेको नेपाल वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष राजेन्द्र भण्डारीले जानकारी दिनुभयो ।

नियम कार्यान्वयन भएमा नेपालबाट रोजगारीमा साउदी जाने हरेकले शैक्षिक प्रमाणपत्र जुटाउन पर्ने र एसइई पास नगरेका युवाको रोजगारी गुम्ने खतरा भएको उहाँले बताउनुभयो । शैक्षिक योग्यताको प्रमाणपत्र परराष्ट्र मन्त्रालय र साउदी दूतावासमार्फत प्रमाणीकरण भएको हुनुपर्ने सूचनामा उल्लेख भए पनि तत्काल यो नियम लागू नहुने उहाँको भनाइ छ । साउदी दूतावासले भिसाको आवेदन दिने व्यक्ति कम्तीमा पनि लेख्न र पढ्न जान्ने होस् भन्ने उद्देश्यले यो नियम ल्याएको सूचना उल्लेख छ ।

साउदीको पछिल्लो निर्णयले नेपालबाट साधारण (अदक्ष) श्रमिकको रूपमा वैदेशिक रोजगारीमा जानेहरूलाई झण्झण्ट हुने र कैयौँ श्रमिक एसइईसम्मको शैक्षिक योग्यता नभएकै कारण साउदीको रोजगारीबाट वञ्चित हुने म्यानपावर व्यवसायीले गुनासो गर्दै आएका छन् । वैदेशिक रोजगारी र दुई देशको श्रम सम्बन्धमा समेत असर पर्ने भएकाले साउदीको तर्फबाट भएको यो निर्णयबारे श्रम मन्त्रालयले औपचारिक रूपमा नै बसेर छलफल गरेको थियो । यदि दूतावासको सूचनाअनुसार नयाँ नियम लागू भए तीन सयभन्दा धेरै म्यानपावर र वार्षिक ५० हजारभन्दा धेरै रोजगारी गुम्ने सम्भावना रहेको म्यानपावर व्यवसायीहरू बताउँछन् ।

चालु आर्थिक वर्षको साउनदेखि वैशाखसम्म ६ लाखभन्दा धेरै नेपाली सरकारसँग श्रम स्वीकृति लिएर विभिन्न देश रोजगारीमा गएका छन् । जसमा साउदी नेपालीहरूको मुख्य रोजगार गन्तव्य देशमा परेको छ । साउदी खाडीका ६ देशमध्ये नेपालबाट धेरै कामदार जाने देश हो । भने, साउदीमा हाल तीन लाखभन्दा बढी नेपालीहरू कार्यरत रहेको श्रम मन्त्रालयको श्रम तथा आप्रवासन रिपोर्ट २०२२ ले देखाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?