असार १ गतेदेखि विद्यालय बन्द गर्ने नेपाल विद्यालय कर्मचारी परिषद्को चेतावनी

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 4 mins

काठमाडौं । नेपाल विद्यालय कर्मचारी परिषद्ले सामुदायिक विद्यालयका कर्मचारीहरुलाई बजेटमा सम्बोधन नगरिएको भन्दै थाली बजाएर प्रदर्शन गरेको छ ।

आईतवार काठमाडौंको बानेश्वरमा उनीहरुले थाली बजाएर सरकारको बिरोध गरेका हुन् । उनीहरुले सरकारको नीति तथा कार्यक्रममा सामुदायिक विद्यालयका कर्मचारीहरुलाई बजेटमा सम्बोधन गरिनेछ भन्ने विषय उल्लेख नगरेको र बजेटमा आफूहरुलाई कुनै सम्बोधन नभएको भन्दै बिरोध जनाएको हो ।

बिरोध कार्यक्रमका क्रममा बोल्दै नेपाल विद्यालय कर्मचारी परिषद्का राष्ट्रिय अध्यक्ष गंगाराम तिवारीले २०७९ भाद्र १९ गते तत्कालीन शिक्षामन्त्री देवेन्द्र पौडेलको मन्त्रीस्तरीय निर्णय गरी सामुदायिक विद्यालय कर्मचारीको दुई तहको तलवमान वृद्धि गर्ने भनेपनि बजेटमा कुनै सम्बोधन नभएकाले बाध्य भइ बिरोध गर्नुपरेको बताउनु भयो ।

उहाँले आजका दिनसम्म शान्तिपूर्ण आन्दोलन गरेपनि असार १ गतेसम्म पनि माग पूरा नभए अनिश्चितकालका लागि सामुदायिक विद्यालय बन्द गर्ने चेतावनी दिनुभयो । उहाँले जेठ २९ गतेबाट काठमाडौंमा रिले अनसन बस्नेपनि बताउनु भयो ।

ADVERTISEMENT

उहाँले भन्नुभयो, ‘सरकारको नीति तथा कार्यक्रममा सामुदायिक विद्यालयका कर्मचारीहरुलाई बजेटमा सम्बोधन गरिनेछ भन्ने विषय उल्लेख नगरेको, बजेटमै सम्बोधन नगरेको, २०७९ साल भाद्र १ गतेदेखि गरिएको आन्दोलन, भाद्र १९ गते गरेको पूर्वशिक्षामन्त्री देवेन्द्र पौडेलको मन्त्रीस्तरीय निर्णय विद्यालय कर्मचारीको दुई तहको तलवमान २४ हजार ७ सय २ सहयोगी, ३२ हजार ९०२ लेखा सहायक, यसरी निजामति कर्मचारी सरहको खरदार र सुब्बा सरहको तलवमान दिने भनेर निर्णय गर्दा समेत अर्थमन्त्रालय आनाकानी गरी रोकियो भनेर लामो समयदेखि भनिँदै आएको छ । आजका दिनसम्म शान्तिपूर्ण आन्दोलन छ । १ गतेसम्म शाीन्तपूर्ण गर्छौं र तर भोलिदेखि रिले अनशन भद्रकाली गर्नेछौँ । आज थाल बजाएर बिरोध गरेका हौँ । थाल बजाउनुको अर्थ सरकारले थाल किन्ने पैसा दियो तर थालमा राखेर खानेकुरा दिएन, त्यसैले बिरोध गरेका हौँ । २ गतेदेखि विद्यालय बन्द गर्ने कार्यक्रम अनिश्चितकालीन बन्द गर्नेछौँ । माग पूरा नहुन्जेलसम्म ।’

उनीहरुले संघीय शिक्षा ऐन जारी गर, बुँदा नम्बर १२७ लागू गर, संविधानको धारा ३१ लागू गर, हाम्रो माग पूरुा गर लगायतका माग राखि बिरोध प्रदर्शन गरेका हुन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?