प्रभु र महालक्ष्मी लाइफ मर्जर प्रस्ताव पारित

Read Time = 2 mins

काठमाडौं । प्रभु लाइफ इन्स्योरेन्सको पाँचौँ वार्षिक साधारणसभा शुक्रबार काठमाडौंमा कम्पनीका अध्यक्ष सुभाष अमात्यको अध्यक्षतामा सम्पन्न भएको छ । साधारणसभाले समूह ‘क’ संस्थापक समूहका सेयरधनीतर्फबाट शिक्षा भट्टचन, मिजास भट्टचन, श्यामकृष्ण श्रेष्ठ र सुुसन शेरचनलाई सञ्चालक समिति सदस्यमा निर्विरोध निर्वाचित गरेको छ । शंकर गौतम तथा दिपक पाण्डेय सर्वसाधारण सेयरधनीतर्फबाट चौथो वार्षिक साधारणसभाबाटै सञ्चालकमा रहँदै आउनुभएको छ ।

ADVERTISEMENT

साथै साधारणसभाले ९.८० प्रतिशत सेयर लाभांश र ०.५१ प्रतिशत नगद लाभांश गरी जम्मा १०.३१ प्रतिशत लाभांश प्रस्तावसमेत पारित गरेको छ । साधारणभाले प्रभु लाइफ इन्स्योरेन्स र महालक्ष्मी लाइफ इन्स्योरेन्सबीच १ः१ सेयर अनुपातमा हुने मर्जर प्रक्रियालाई स्वीकृति प्रदान गरेको छ । मर्जरपछि बन्ने कम्पनीको नाम प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेड राख्न पनि स्वीकृति प्रदान गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?