पूर्वीय दर्शनको विस्तारका लागि अंग्रेजी भाषाको अध्ययन

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 4 mins

काठमाडौं । पूर्वीय दर्शनको ज्ञान भण्डारलाई विस्तार गरी अभ्यास र प्रयोगात्मक परीक्षणयोग्य बनाउनसमेत अंग्रेजी भाषाको अध्ययन अध्यापन हुनुपर्नेमा विज्ञहरूले जोड दिएका छन् । नेपाल संस्कृत विश्वविद्यालय वाल्मीकि विद्यापीठ अंग्रेजी विभागको आयोजनामा आरम्भ भएको अंग्रेजी विषयक पुनर्ताजगी कार्यक्रमका वक्ताहरूले अंग्रेजी र अन्य अन्तर्राष्ट्रिय भाषाका माध्यमले खासगरी नेपालको मौलिक संस्कृति, सम्पदा, पहिचान र सामथ्र्यबारे जानकारी दिन जरुरी रहेको वताएका हुन् ।

विश्वविद्यालय अंग्रेजी विषय समितिका अध्यक्ष प्रा.डा. आनन्द शर्माको सभापतित्वमा आरम्भ भएको कार्यक्रममा प्रमुख अतिथि नेसंविका उपकुलपति प्रा.डा. यादवप्रकाश लामिछानेले पाठ्यक्रम निर्माण, प्रश्नपत्रहरूको स्तरोन्नति तथा परीक्षामा सुधार गरी अध्ययन अध्यापन गराउनु आवस्यक रहेको विचार प्रकट गर्नुभएको थियो । चम्पादेवी नगरपालिकास्थित महर्षि महेशयोगी फाउण्डेसनको विशालकाय ध्यानकेन्द्रमा ओयोजित सो कार्यक्रममा पूर्वमन्त्री तथा फउण्डेसनको नेपाल शाखाका अध्यक्ष दीपकप्रकाश वाँस्कोटाले भावातीत ध्यानको महत्वमाथि प्रकाश पार्नुभएको थियो भने योग गुरु होर्लिंङसले महर्षि महेश योगी फाउण्डेसनका विषयमा जानकारी दिनुभएको थियो ।

ADVERTISEMENT

कार्यक्रममा नेसंविका पूर्व कुलसचिव प्रा. जगत उपाध्याय, नेसंवि राजनीतिशास्त्र, गणित, अर्थशास्त्र तथा विज्ञान विषय समितिका अध्यक्ष प्रा. पुरुषोत्तम दाहाल, वाल्मीकि विद्यापीठका प्राचार्य प्रा.डा. भागवत् ढकाल, साहित्य विषय समितिका सदस्य प्रा.डा. नूरपति पोख्रेल, शारदा विद्यापीठका प्राचार्य डा. भोजराज जोशी, डा. नरेन्द्र पाण्डे सहितका वक्तहरूले संकृत भाषा, यसमा निहीत ज्ञान, पाठ्यक्रम निर्माण तथा अध्यापनका सन्दर्भमा आफ्नो विचार प्रस्तुत गर्नुभएको थियो ।

कार्यक्रमको संयोजन वाल्मीकि विद्यापीठ अंग्रेजी विभागका प्रमुख प्रा. कृष्ण पौडेलले पाठ्यक्रम तथा अध्यापनमा पुनतार्जगी कार्यक्रम महत्वपूर्ण हुने विचार प्रस्तुत गर्दै पाँच दिनसम्म चल्ने कार्यक्रममा नेसंविअन्तर्गत अंग्रेजीका प्राध्यापकहरूको सहभागिता रहने जानकारी दिनुभएको थियो । पाँचदिनसम्म सहजीकरण गर्न प्रा.डा. आनन्द शर्मा, प्रा.डा. कृष्णचन्द्र शर्मा, प्रा. श्रीधर गौतम सहितका विज्ञहरू रहनु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?