काठमाडौं । नबिल बैंकले एकसाथ ३८ नयाँ शाखा सञ्चालनमा ल्याएको छ । स्थापनाको ३८ वर्ष पार गरेका अवसरमा बैंकले बिहीबार केन्द्रीय स्तरमा विशेष कार्यक्रम गरी देशैभर ३८ नयाँ शाखा उद्घाटन गरेको हो । नबिल बैंक अब तपार्इंसँग अझै नजिक भन्ने नाराका साथ सरल र सबल बैंकिङ सेवा प्रदान गर्न सातै प्रदेशमा एकैसाथ ३८ नयाँ शाखा विस्तार गरिएको बैंकले जनाएको छ ।
३८ नयाँ शाखामध्ये सबैभन्दा बढी बागमती प्रदेशमा १३, कोशी प्रदेशमा एक, मधेश प्रदेशमा आठ, गण्डकी प्रदेशमा तीन, लुम्बिनी प्रदेशमा १०, कर्णाली प्रदेशमा एक र सुदूरपश्चििम प्रदेशमा दुईवटा नयाँ शाखा उद्घाटन गरिएको बैंकले जनाएको छ ।
नबिल बैंकका अध्यक्ष उपेन्द्रप्रसाद पौड्यालले आठवटा र बैंकका सञ्चालक निर्वाण चौधरीले आठवटा शाखा उद्घाटन गर्नुभएको थियो । त्यस्तैगरी बैंककी सञ्चालक आशा राणा अधिकारीले थप आठ र बैंक सञ्चालक अनन्त पौड्याल र प्रवीन टिबडेवालाले थप सात/सात शाखाको उद्घाटन गरेको बैंकले जनाएको छ । थप शाखासँगै बैंकको शाखा कार्यालय संख्या दुई सय ५५ पुगेको छ ।

बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
राजनीतिक नेतृत्व अभिभावक बन्ने कि
नेपाली राजनीति र वाराणसीका पण्डा