नेपाल–भारत कार्गो रेल सेवाको संयुक्त उद्घाटन

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 1 min

नयाँ दिल्ली । भारतको बथनाहबाट नेपाल आएको कार्गो रेललाई हरियो झण्डा देखाएर नेपाल–भारत कार्गो रेल सेवाको उद्घाटन गरिएको छ ।

भारतको भ्रमणमा रहनुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र उहाँको भारतीय समकक्षी नरेन्द्र मोदीले बिहीबार भारतको बथनाहबाट नेपाल आएको कार्गो रेललाई हरियो झन्डा देखाएर कार्गो रेल सेवा उद्घाटन गर्नुभएको हो ।

ADVERTISEMENT

नयाँ दिल्लीस्थित हैदराबाद हाउसमा भएको भेटवार्तापछि आयोजित संयुक्त पत्रकार सम्मेलनमा प्रधानमन्त्री प्रचण्ड र भारतीय प्रधानमन्त्री मोदीले उक्त सेवाको शुभारम्भ गर्नुभयो ।

योसँगै अब भारतबाट नेपालमा कार्गोमार्फत सामान ल्याइनेछ । साथै बथनाहबाट पहिलोपटक कार्गो बोेकेको रेल विराटनगरको कस्टम यार्डमा आइसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?