तल्लो अरुणको पिडिए स्वीकृत

Read Time = 3 mins

काठमाडौं । लगानी बोर्डले छ सय ६९ मेगावाटको तल्लो अरुण जलविद्युत् परियोजनाको विकासका लागि एसजेभिए लोअर अरुण पावर डेभलपमेन्ट कम्पनी(एसएलएपिडिसी)सँग गरिने परियोजना विकास सम्झौता(पिडिए) को सहमतिको अन्तिम मस्यौदा दस्तावेज स्वीकृत गरी अनुमोदनका लागि मन्त्रिपरिषद्समक्ष प्रस्ताव पठाउने निर्णय गरेको छ । प्रधानमन्त्री तथा लगानी बोर्डका अध्यक्ष पुष्पकमल दाहालको अध्यक्षतामा बसेको बोर्डको ५३औँ बैठकले यस्तो निर्णय गरेको हो ।

बोर्ड बैठकले सात सय ५६ मेगावाट तमोर जलविद्युत् परियोजना अघि बढाउने सम्बन्धमा प्रस्तावकसँग १९ जनवरी २०२० मा भएको समझदारीपत्रको पालना गर्न पत्राचार गर्ने निर्णय गरेको छ ।

बोर्डका प्रमुख कार्यकारी अधिकृतको संयोजकत्वमा विभिन्न मन्त्रालय तथा निकायका प्रतिनिधि सदस्य रहेको वार्ता समितिले एसजेभिएन लिमिटेड इण्डियासँग चरणबद्धरूपमा वार्ता गरी सहमतिसहितको पिडिएको अन्तिम मस्यौदा दस्तावेज तयार गरेको हो । बोर्डको अघिल्लो बैठकले तल्लो अरुण जलविद्युत् परियोजनाका लागि ९२.६८ अर्ब बराबरको लगानी स्वीकृत गरिसकेको छ ।

ADVERTISEMENT

आफ्नो उत्पादनको सम्पूर्ण ऊर्जा निर्यात गर्ने एवं निर्धारित समयमै निर्माण सम्पन्न गर्ने गरी आवश्यक पूर्वतयारीसमेत अघि बढिरहेको सन्दर्भमा छ सय ६९ मेगावाटको परियोजना विकासले मुलुकको आर्थिक–सामाजिक विकासमा महत्वपूर्ण टेवा पुर्‍याउने अपेक्षा गरिएको छ ।

त्यसैगरी बैठकले सात सय ५६ मेगावाट तमोर जलाशययुक्त जलविद्युत् परियोजना अघि बढाउने सम्बन्धमा प्रस्तावकसँग १९ जनवरी २०२० मा भएको समझदारीपत्रको पालना गर्न पत्राचार गर्ने निर्णय गरेको छ । बोर्डका प्रवक्ता अमृत लम्सालका अनुसार बैठकमा अघिल्लो बोर्ड बैठकले निर्देश गरेअनुसार परियोजनाहरूको विकासमा भएका प्रगति र लगानी बोर्डको कार्यालयले सम्पादन गरेका प्रमुख कार्य सम्बन्धमा बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील भट्टले जानकारी गराउनुभएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?