चिनियाँ कम्युनिष्ट पार्टीसँग माओवादी नेतृत्वको भेटवार्ता

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 3 mins

काठमाडौं । चिनियाँ कम्युनिष्ट पार्टीको मैत्रीपूर्ण निमन्त्रणामा गत शुक्रबार चीन प्रस्थान गरेको नेकपा (माओवादी केन्द्र) को प्रतिनिधिमण्डलले चिनियाँ कम्युनिष्ट पार्टीका उच्चपदस्थ अधिकारीहरूसँग भेटवार्ता गरिरहेको छ । यसैक्रममा बिहीबार उपाध्यक्ष एवं निवर्तमान सभामुख अग्निप्रसाद सापकोटा र चिनियाँ कम्युनिष्ट पार्टीका विदेश विभाग प्रमुख लिउ च्यान छाओबीच भेटवार्ता भएको छ । निवर्तमान सभामुख सापकोटा नेतृत्वको माओवादी पार्टी प्रतिनिधिमण्डल र चिनियाँ कम्युनिष्ट पार्टी विदेश विभाग प्रमुख लिउ नेतृत्वको टोलीबीच चीनको राजधानी बेइजिङमा भेटवार्ता भएको हो ।

उहाँहरूबीच सुरुमा एक्लाएक्लै र त्यसपछि पदाधिकारीसहित भेटवार्ता भएको थियो । उहाँहरूबीच दुई देश र दुई पार्टीको सम्बन्धका विषयमा छलफल भएको बताइएको छ । भेटमा चिनियाँ विदेश विभाग प्रमुख लिउले प्रचण्ड नेतृत्वको वर्तमान सरकारले लिएको आर्थिक विकास र समृद्धिको लक्ष्यमा चीनले निरन्तर सहयोग गर्ने बताउनुभएको छ । जवाफमा उपाध्यक्ष सापकोटाले चीन नेपालको छिमेकीमात्र नभएर विकास साझेदार भएको चर्चा गर्दै नेपालको आर्थिक सामाजिक विकासमा पुर्‍याएको सहयोगका लागि चीनलाई धन्यवाद दिनुभयो । उहाँले आगामी दिनमा पनि चीनले सहयोग जारी राख्ने विश्वास व्यक्त गर्नुभएको थियो ।

ADVERTISEMENT

यही जेठ ५ गते २० सदस्यीय सापकोटा नेतृत्वको पार्टी प्रतिनिधिमण्डल चीन गएको थियो । सुरुमा ल्हासा र मानसरोवरको भ्रमण एवं अवलोकन गरेको सापकोटा नेतृत्वको टोली अहिले राजधानी बेइजिङमा छ । सापकोटा नेतृत्वको प्रतिनिधिमण्डलमा माओवादी केन्द्रका सचिवहरू गणेश साह, हितमान शाक्य, डिलाराम आचार्य, पार्टी निर्वाचन आयोगका प्रमुख कुबेर ओली, नेताहरू केशव नेपाल, परशुराम रम्तेल, जगतप्रसाद यादव, टेकेन्द्र भट्ट, सुबोध शेर्पाली, आसमान रोका, मनहरि तिमिल्सिना, लक्ष्मीकन्या बुढा, आङदावा शेर्पा, गीता कँडेल, हर्क नेम्वाङ, सुदर्शन बराल, सेसुराम भण्डारी र जिपी मैनाली हुनुहुन्छ । सापकोटा नेतृत्वको टोली जेठ १८ मा स्वदेश फर्कने कार्यक्रम छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?