आरएमबीको प्रयोग बढाउने प्रयासमा चीन

Read Time = 5 mins

ब्रसेल्स । चीनले आफ्नो चिनियाँ राष्ट्रिय मुद्रा रेन्मिन्बी अर्थात् आरएमबीको प्रयोग अन्तर्राष्ट्रियस्तरमा बढाउन मरमग्दुर प्रयास गरिरहेको छ । यद्यपि अमेरिकी डलरलाई टक्कर दिने गरी चीनले अघि बढाएको आफ्नो मुद्राको अन्तर्राष्ट्रिय कारोबार तत्काल साकार हुने देखिँदैन ।

अन्तर्राष्ट्रिय मुद्रा बनेको अमेरिकी डलर र बेलायतबाहेकका युरोपेली मुलुकमा प्रचलनमा रहेको युरोसँग प्रतिस्पर्धामा रहेको चिनियाँ युआन केही देशमा लेनदेनको मुद्रा बने पनि त्यसलाई सहजै स्वीकार गर्ने वातावरण बनेको छैन तर चीनले यसलाई अन्तर्राष्ट्रियकरण गर्न वित्तीय प्रणालीमा निरन्तर दबाब दिइरहेको छ । संयुक्त राज्य अमेरिकाले भूराजनीतिक उपकरणका रूपमा आफ्नो मुद्राबाट लाभ उठाउन हदैसम्मको प्रयास गरिरहँदा चीनले आफ्नो प्रभावशाली अन्तर्राष्ट्रिय भूमिका प्राप्तिका निम्ति निरन्तर संघर्ष गर्नु असामान्य होइन ।

दोस्रो विश्वयुद्धपछि विकसित भएको विश्वव्यापी वित्तीय संरचनामा अमेरिकाको अनौठो भूमिकाले चीनको आरएमबी अन्तर्राष्ट्रियकरणको प्रयासमा गएको हो । सन् १९४५ देखि अमेरिकी डलरले अमेरिकाको केन्द्रीय बैंकिङ प्रणालीमा यसको विश्वव्यापी उपलब्धतालाई नियन्त्रण गर्दै विश्व मुद्राका रूपमा काम गर्दै आएको छ । वित्तीय संकटको समयमा विश्वव्यापी आर्थिक पुनरुत्थान गर्न पनि डलरको महŒवपूर्ण स्थान रहेको छ । विश्व मुद्रा बजारमा डलरका कारण अमेरिका विशेषाधिकार प्राप्त देश बनेको छ । साथै अमेरिकाको तथाकथित यो विशेषाधिकारको आलोचना पनि हुने गरेको छ ।

ADVERTISEMENT

सन् १९७० को दशकको उत्तराद्र्धमा देङ स्याओपिङले सुधार युगको सुरुवात गरेपछि चीनको आर्थिक वृद्धिले चिनियाँ राष्ट्रिय मुद्राको अन्तर्राष्ट्रिय प्रयोगलाई प्रवद्र्धन गर्ने अभियान थालेको हो । आरएमबीको अन्तर्राष्ट्रियकरण एक दशकभन्दा लामो समयदेखि चिनियाँ मौद्रिक नीतिको मुख्य उद्देश्य बनेको छ । यसले विश्वव्यापी वित्तीय कारोबारहरूमा आरएमबीको प्रयोगलाई प्रवद्र्धन गर्न खोजेको छ । यसको मुख्य उद्देश्य अमेरिकामा आधारित अधिकांश वित्तीय संस्थाहरूमा आफ्नो निर्भरता घटाउनु हो ।

बेइजिङले गैरपश्चिमा साझेदारहरूसँग उच्च मूल्यका कारोबारमा आरएमबीको प्रयोगलाई अधिक महत्वदिएको छ । पछिल्लो समयमा रुस र खाडी मुलुकबाट आरएमबीमा ऊर्जा आयात गरिएको छ । आफ्नो मुद्राको अन्तर्राष्ट्रियकरण हुँदा बहुध्रुवीय विश्वमा चीन पनि अमेरिकाभन्दा कम छैन भन्ने सन्देश प्रवाह हुने चीनको ठम्याइ छ । चीनको विश्वव्यापी राजनीतिक एवं आर्थिक भूमिका अमेरिकाकै हाराहारीमा पुगेको ठानिए पनि तत्काल उसको राष्ट्रिय मुद्रा विश्वभर क्रयविक्रयको उपकरण हुने कुनै आधार देखिँदैन ।

अन्तर्राष्ट्रिय वित्तीय प्रणालीमा आरएमबीलाई स्थापित गर्न चीनलाई वर्षौैं लाग्ने यथार्थ निर्विवाद छ किनभने अमेरिकी डलरको प्रभुत्वलाई चुनौती दिन युरो जोनमा लागू भएको एकल मुद्रा युरो अन्तर्राष्ट्रिय व्यापार साझेदारहरूमाझ अझै लोकप्रिय बन्न सकेको छैन । डलरले प्रमुख विश्वव्यापी मुद्राका रूपमा आफ्नो भूमिकालाई कायमै राखेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?