सुरु गरौं हाल अनुसन्धान टुंगोमा पुग्नै आँटेको नक्कली भुटानी शरणार्थी प्रकरणसम्बन्धमा आएको समाचार (अडियो रेकर्ड) बारे । जसमा पूर्वप्रधानमन्त्री शेरबहाुदर देउवाकी पत्नी तथा नेपाली कांग्रेसकी नेतृ डा.आरजु राणा देउवासमेत जोडिएपछि तत्कालै उहाँले प्रमाणित गर्न चुनौती दिनुभएको थियो । यसले के देखाउँछ भने राज्यमा पहुँच भएका र समाजमा प्रभाव जमाएका प्रभावशाली भनिएका मानिसहरू पनि नेपाली ‘मिडिया गेट किपिङ’, डिस इन्फोर्मेसन, माल इन्फोर्मेसन र ‘मिडिया लिन्चिङ’ मा पर्ने रहेछन् । त्यसमा पनि ठूला र प्रभावशाली भनिने मानिसहरू अनलाइन मिडिया र युट्युबरहरूको सिकार हुने रहेछन् भन्ने देखएको छ ।
त्यसो भएपछि हामी जस्तालाई ‘सरकार, राजनीतिक दल, राजनीतिक दलका नेता, मिडिया, मानव अधिकार, प्रजातन्त्र, लोकतन्त्र, गणतन्त्र, मौलिक हक, कानुनी राज्य, समतामूलक समाज, सहभागिता, सहअस्तित्व, समावेशीता’ आदि कुन चरीको नाम हो ? केही थाहा, पत्तो नभएका, राज्यद्वारा जातीय स्वपहिचान पाउन वञ्चित रहेका कुलुङलगायत जातजाति, भाषाभाषी, सीमान्तृकतहरू, धार्मिक अल्पसंख्यक, पिछडिएको क्षेत्र, मजदुर वर्ग, तेस्रो लिंगी आदिको हालत कस्तो होला ?
जबकि मौका पर्दा डा.आरजु देउवाहरू जस्तालाई त सूचनाको सत्यापान नगरी एकोहोरो रूपमा ‘मिडिया गेट किपिङ’, डिस इन्फोर्मेसन, माल इन्फोर्मेसन र ‘मिडिया लिन्चिङ’ गर्ने अनलाइन, युट्युबर तथा पत्रपत्रिकाहरूले राज्यबाट जातीय स्वपहिचान पाउन वञ्चित रहेका जातजाति, भाषाभाषी, सीमान्तृकत, धार्मिक अल्पसंख्यक, पिछडिएको क्षेत्र, मजदुर वर्ग, तेस्रो लिंगी आदिलाई त कतिमात्रै ‘मिडियया गेट किपिङ’, डिस ईन्फोर्मेसन, माल ईन्फोर्मेसन रङ मिडिया लिन्चिङ’ गरिहेका होलान् ? सहजै अनुमान गर्न सकिछ ।
हुनत नक्कली शरणार्थी प्रकरणमा आरजुका बारेमा केही अनलाइन मिडिया र युट्युबमा आएको समचारबारे र आरजुले भुटानी शरणार्थीबारे आफ्नो संलग्नता भएको बारेमा इन्कारी बयान (प्रस्टीकरण) का सम्बन्धमा सत्य के हो, तथ्य के हो ? समाचार प्रकाशित गर्ने अपलोड गर्ने अनलाइन पत्रिका, युट्युब तथा स्वयम् आरजु राणा देउवा जानकार हुनुहुन्छ ।
समाचार छापिँदा-छाप्दा-अपलोड हुँदा-अपलोड, प्रशारण गर्दा कस्तो छापिनुपर्ने-अपलोड हुनुपर्ने-प्रशारण हुनुपर्ने ? साथै प्रिन्ट तथा अनलाइन पत्रिकामा लेख रचना छाप्दा-अपलोड हुँदा लेखसँगै लेखकको फोटा छाप्ने-अपलोड गर्ने कि नगर्ने ?
त्यसैले यो लेख ‘कसैसँग अतिशय द्वेष र अतिशय अनुराग’ राखेरभन्दा पनि नेपाली पत्रपत्रिका र अनलाइन न्युजपोर्टल (डिजिटल पत्रिका !) ले प्रकाशित गर्ने समाचार, फिचर, लेख, रचना, आलेख आदि कति निष्पक्ष छन् ? भन्ने सम्बन्धमा मैले आजसम्म अनुभव गरेकोे, देखेको, भोगेको आधारमा लेख्दैछु । पछिल्लो पटक नेपालबाट सञ्चालित केही अनलाइन न्युज पोर्टल (डिजिटल पत्रिका !) ले शुद्ध मन र निःस्वार्थ भावले सर्वसाधारण जनतालाई सूचना प्रवाह गर्न, समाचार दिनका लागि र उनीहरूलाई सुसूचित गर्नका लागि पत्रकारिता गरिरहेका छन् त ? भन्ने प्रश्न उठ्ने गरेको छ ।
कतै उनीहरू आफ्नो स्वार्थ समूहका मानिसलाई बल पुग्ने गरी र आफूलाई (अनलाइन सञ्चालक) मन नपरेको राजनीतिक दल, राजनीतिक दलको नेता तथा कार्यकर्ता, उद्योगपति, व्यापारी एवं विभिन्न जातीय संघ-संस्था, ती संघ-संस्थाका अगुवाहरूलाई ‘ओरालो लागेको बाछोलाई मृगले लेखेटे’ झैँ एकोरोहो रूपमा लखेट्नका लागि मात्रै उनीहरूले लिन्चिङ गर्ने र मिडिया गेट किपिङ गर्ने गरेका छन् ? नेपालका धेरैजसो अनलाइन न्युज पोर्टलहरूको चालामाला हेरेर, अनुगमन गरेर चलाई यस सम्बन्धमा सम्बधिन्त निकाय वा सरोकारवालाहरूले अध्ययन, अनुसान्धान गर्नुपर्ने देखिन्छ ।
अहिलेसम्म नेपालका पत्रपत्रिका, अनलाइन न्युजपोर्टल (डिजिटल पत्रिका) र यु ट्युबरहरूले आफ्नै बारेमा चाहिँ कति ध्यान दिएका छन् ? मूल्यांकन हुन जरुरी देखिन्छ । खासमा समाचार छापिँदा-छाप्दा-अपलोड हुँदा-अपलोड, प्रशारण गर्दा कस्तो छापिनुपर्ने-अपलोड हुनुपर्ने-प्रशारण हुनुपर्ने ? साथै प्रिन्ट तथा अनलाइन पत्रिकामा लेख रचना छाप्दा-अपलोड हुँदा लेखसँगै लेखकको फोटा छाप्ने-अपलोड गर्ने कि नगर्ने ? लेखसँग लेखकको फोटा नछाप्ने-अपलोड नगर्ने हो भने किन र केकति कारणले नछाप्ने-अपलोड नगर्ने ? प्रस्ट हुन जरुरी देखिन्छ ।
साथै समाचार बनाउने-लेख्नेले समाचारलाई सललल बगाउने कि, समाचारसँगै आफ्नो विचारसमेत लाद्ने-राख्ने ? किनभने कुनै कुनै समाचारदाता वा सम्वाददाताले आफ्नो समाचारमा ‘फलानो मानिसले यसो भनेको भए तापनि त्यसो होइन, फलानो जातिले म आफू यो जाति हुँ भनेको भए तापनि, त्यो जाति होइन भनेको भए तापनि ऊ त्यो जाति नभएर फलानो जाति नै हो, ढिस्कानो जाति त हुँदै होइन !’ भनी समाचार दिन र समाचारको अन्त्यमा आफ्नो विचारसमेत राखेर आफू खुसी समाचार प्रकाशित गर्न-अपलोड गर्न मिल्छ, मिल्दैन ? किनभने केही नाम चलेको र धेरै बिक्ने/धेरै पाठकले हेर्ने प्रिन्ट पत्रपत्रिका र अनलाइनमा कार्यरत पत्रकार, लेख रचना प्रमुख तथा सम्पादकले त्यसो गरेको देखिन्छ ।
त्यस्तै समाचारमा भनाइ राख्दा पनि पीडक र पीडित दुवै पक्षको राख्नुपर्नेमा पीडक पक्षको मात्रै भनाइ राख्ने गरेको पनि देखिन्छ । के यही हो त, नेपाली पत्रकार जगतका सम्पादक, लेख रचना प्रमुख, समाचार प्रमुख, सम्वाददाता, समाचारदाताको दायित्व ? यही हो पत्रकारिताको धर्म र मर्म ? त्यसैले अबका दिनमा आफ्ना पत्रपत्रिका, अनलाइन र युट्युबका कमीकमजोरी बारेमा पनि यिनले केही न केही लेख्न, बोल्न र सामग्रीहरू प्रशारण गर्न सुरु गर्नुपर्ने देखिन्छ ।
नेपालका केही अनलाइन-‘डिजिटल पत्रिका’ मा प्रकाशित लेख, रचना, आलेख, फिचर वा समाचारहरू वास्तविक रूपमा ‘लेख, रचना, आलेख, फिचर वा समाचार’का रूपमा नछापिएर एकतर्फी ढंगले कसैलाई लखेट्न वा कसैको पक्षधरता लिनका लागि मात्रै तयार पारेर छापेको जस्तो देखिन्छ ।
खास गरी नेपालका केही अनलाइन-‘डिजिटल पत्रिका’मा प्रकाशित लेख, रचना, आलेख, फिचर वा समाचारहरू वास्तविक रूपमा ‘लेख, रचना, आलेख, फिचर वा समाचार’का रूपमा नछापिएर एकतर्फी ढंगले कसैलाई लखेट्न वा कसैको पक्षधरता लिनका लागि मात्रै तयार पारेर छापेको अथवा बनावटी ढंगले नक्कली लेख, रचना, आलेख, फिचर वा समाचार छाप्ने गरेको देख्छौँ । यसो भनी रहँदा हामीले यस्तो आरोपलाई पुष्टि गर्ने आधारहरू के के हुन सक्छन् ? भनी छलफल र बहस गर्न सकिन्छ ।
जस्तो नेपालका केही अनलाइन-‘डिजिटल पत्रिका !’ मा प्रकाशित हुने वा भएका लेख, रचना, आलेख, फिचर वा समाचार तयार पार्नेको फोटा नछाप्नु-नछापिनु उनीहरूको नाम नक्कली हुनु कतिपय लेख, रचना, आलेखमा नाम नहुनु, त्यस्तै लेखकको परिचय, ठेगाना, सम्पर्क नम्बर आदि उल्लेख नहुनु, तिनको संलग्नता, विज्ञता, पेशा आदिबारे परिचय नदिनु वा नखुलाउनु आदिलाई उदाहणका रूपमा लिन सकिन्छ । आलेखक, लेखक, रचनाकार, फिचर तयार पार्ने, समाचार तयार पार्ने मानिस सक्कली हो भने साथै उसको रुचिमा कसैसँग ‘अतिशय अनुराग र अतिशय द्वेष’ राख्ने नियत लुकेको छैन भने उसको फोटा छाप्नु-छापिनु किन नहुने ?
त्यसैले नेपालका केही अनलाइन/‘डिजिटल पत्रिका’ सच्चा पत्रकारिता गर्न र सही सूचना प्रेषित गर्नका लागिभन्दा पनि आफूले समर्थन गरेको राजनीतिक दलबाहेक अरू राजनीतक दलहरू, ती दलका नेता तथा कार्यकर्ताविपरीत मत वा विचार राख्नेहरू, आफूलाई मन नपरेको जातीय, भाषिक तथा धार्मिक संघसंस्था र तिनका अगुवाका साथै व्यक्ति विशेषलाई लखेट्नका लागि मात्र खुलेका हुन्, चलेका हुन्, दर्ता भएका हुन् कि ! यो कुरो शतप्रतिशत नभए तापनि धेरै प्रतिशत सही लाग्छ ।
त्यसैले अन्यथा नसम्झी नेपालका जो कोही पनि ठूला लेखक, विश्लेषक अथवा विज्ञहरूले लेख लेख्नुपर्यो, जुन लेखले नेपालबाट प्रकाशित हुने-अपलोड हुने ‘अनलाइन-डिजिटल पत्रिका’ मा छापिने लेख, रचना, आलेख, फिचर वा समाचार लेख्ने-तयार पार्ने व्यक्तिको सक्कली नाम, ठेगाना, विज्ञता र उसको सक्कली फोटा पनि छाप्ने-प्रकाशित गर्ने-अपलोड गर्ने व्यवस्था लागू गर्ने व्यवस्था हुनुपर्यो भनी लेख्नुपर्ने, वकालत गर्नुपर्ने टड्कारो आवश्यकता रहेको देखिन्छ ।

बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
राजनीतिक नेतृत्व अभिभावक बन्ने कि
नेपाली राजनीति र वाराणसीका पण्डा