चार हिमालबाट ३४ हजार केजी फोहोर संकलन

Read Time = 3 mins

काठमाडौं । नेपाली सेनाको नेतृत्व र समन्वयमा चार हिमाल सगरमाथा, लोत्से, अन्नपूर्ण र वरूणत्सेबाट फोहोर संकलन सुरु भएकोे यस वर्षको अभियान सफलतापूर्वक आधा बाटो आइपुगेको छ । विश्वको सबैभन्दा ठूलो हिमाल सरसफाइ कार्यक्रममध्येको एक यस अभियानमा अन्य धेरै संस्थालगायत कोका-कोला फाउण्डेसनले प्रमुख दाताका रूपमा सहकार्य गरी २८ मार्चमा सुरु भएको थियो । अभियान ५ जुनमा सकिनेछ ।

प्रत्येक वर्ष सयौँ आरोही, शेर्पा र भरिया टोली हिमाल चढ्न जाँदा, चुचुरामा पुग्ने बाटोमा आफूसँगै बायोडिग्रेडेबल र नन-बायोडिग्रेडेबल फोहोर पछाडि छोडेर चुनौतीपूर्ण फोहोर व्यवस्थापनको समस्या निम्त्याउँछन् ।

नेपाली सेना र शेर्पा समर्थक गरी ९७ जनाको सदस्यता रहेको अभियान टिमले कठिन मौसमी अवस्था झेल्नुपरेको थियो, जसले गर्दा सरसफाइको प्रयास सुस्त भई हालसम्म चार हिमालबाट ३४ हजार एक सय ६६ केजी फोहोर संकलन गरेको कोकाकोला फाउण्डेसनले जनाएको छ ।

ADVERTISEMENT

खाली अक्सिजन क्यानिस्टर, त्यतिकै छोडिएका टेन्ट, खाना राखिने कन्टेनर, प्लाष्टिक, गिलास, आल्मुनियम, इलेक्ट्रोनिक ग्याजेटलगायतका फोहोर संकलन गर्दै टिमले यस वर्षको ३५ हजार किलो फोहोर संकलन गर्ने लक्ष्यसहित अभियानलाई निरन्तरता दिएको छ ।

अभियानका निर्देशक ब्रिगेडियर जनरल सुन्दरकुमार पाण्डेले भन्नुभयो, ‘सफा हिमाल अभियान विभिन्न हिमालको स्वच्छता जोगाउन एउटा सबल कदम हो । विगत वर्षको तुलनामा यस वर्ष हामीले अभियानका क्रममा कठिन मौसमी अवस्था सामना गर्‍यांै, जसले गर्दा टिमका धेरै सदस्य स्वास्थ्य समस्याका कारण पछि परेका थिए भने टिमका सदस्यको सुरक्षाका लागि पहिलेभन्दा धेरै इभ्याकुवेसन गर्नुपरेको थियो ।’

अभियानका प्रमुख साझेदारमध्ये एक क्रियसनका संस्थापक र अध्यक्ष आनन्द मिश्रले भन्नुभयो, ‘हिमाली भेगको फोहोरले विशाल चुचुराको महिमा र महत्व ह्रास गर्दै नेपालमा एउटा महत्वपूर्ण चुनौती खडा गरेको छ । सफा हिमाल अभियान यी प्राचीन प्राकृतिक सम्पत्तिमा फोहोर समस्या प्रभावकारी ढंगले सम्बोधन गर्दै सचेतना जगाउने र नागरिकका रूपमा हाम्रो सामूहिक दायित्व सम्झाउने एक शक्तिशाली प्रयास हो भन्ने मेरो दृढ विश्वास छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?