सरकारको नीति तथा कार्यक्रम सार्वजनिक हुँदै, राष्ट्रपतिले प्रस्तुत गर्ने

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 2 mins

काठमाडौं । सरकारले आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम आज प्रस्तुत गर्ने भएको छ ।

राष्ट्रपति रामचन्द्र पौडेलले आज अपराहृन ४ बजे प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्त बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत गर्नुहुने छ ।

प्रतिनिधिसभाको बिहीबारको बैठकमा सभामुख देवराज घिमिरेले सो व्यहोराको पत्र पढेर सुनाउँदै शुक्रबार दिउँसो ३ः४५ बजे सम्पूर्ण सदस्यहरूलाई निर्धारण गरिएका पोसाकमा उपस्थित भएर आसन ग्रहण गरिसक्न निर्देशन दिनुभएको थियो ।

प्रतिनिधिसभाको बिहीबारको बैठकमा नेपाल सरकारको वार्षिक प्रतिवेदन, २०७८/७९ पेस भएको थियो । बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेपालको संविधानको धारा ५३ एवं सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ को दफा ४१ बमोजिमको ‘नेपाल सरकारको वार्षिक प्रतिवेदन, आव २०७८/७९’ पेस गर्नुभएको हो ।

ADVERTISEMENT

भ्रष्टचारीलाई कारबाही गर्ने प्रमुख अजेन्डासमावेश गरेर सरकारले नीति तथा कार्यक्रम ल्याउन लागेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

राष्ट्रपतिले स्वास्थ्यका कारण असम्भव भएमा प्रधानमन्त्री दाहालले नै सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने यसअघि चर्चा भएको थियो । तर, राष्ट्रपति पौडेलले नै प्रस्तुत गर्ने टुंगो भएको हो ।

राष्ट्रपतिमा निर्वाचित भए पछि पहिलो पटक पौडेलले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्न लाग्नुभएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?