ज्योतिको शाखा गोकर्णेश्वरमा

Read Time = 1 min

काठमाडौं । ज्योति विकास बैंकले बिहीबार काठमाडौंको गोकर्णमा १२०औँ शाखा विस्तार गरेको छ । गोकर्णेश्वर नगरपालिका-४ शाखाको उद्घाटन नगरपालिकाका मेयर दिपककुमार रिसाल र बैंकका सञ्चालक रामकुमार श्रेष्ठले संयुक्तरूपमा गर्नुभएको थियो ।

सो अवसरमा मेयर रिसालले बैंकको नयाँ शाखाले सो क्षेत्रका ग्राहकका लागि बैंकिङ सेवा थप सुलभ र सहज बनाई वित्तीय समावेशीकरणलाई प्रवद्र्धनका साथै आर्थिक वृद्धि र विकासमा टेवा पुग्ने विश्वास व्यक्त गर्नुभएको छ ।

ADVERTISEMENT

बैंक सञ्चालक श्रेष्ठले नयाँ शाखामार्फत् बैंकिङ सेवा थप विस्तार भएको र आगामी दिनमा पनि सेवाग्राहीलाई अझ सहज, सरल र आधुनिक बैंकिङ सेवा प्रदान गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?