काठमाडौं । एनसेल आजियाटा लिमिटेडले विराटनगरको हाटखोला मैदानमा आगामी जेठ १३ गते कन्सर्ट गर्ने भएको छ ।
कार्यक्रममा चर्चित कलाकार तथा सांगीतिक समूहका प्रस्तुति रहनेछन् । खासगरी विदेशमा रहेका दाजुभाइ तथा दिदीबहिनीका नेपालमा रहेका परिवारका सदस्य, आफन्तजन तथा साथीभाइसँग सांगीतिक कार्यक्रममार्फत् खुसी साटासाट गर्ने उद्देश्यका साथ सांगीतिक कार्यक्रमको आयोजना गर्न लागिएको कम्पनीले जनाएको छ ।
दिउँसो दुर्ई बजेदेखि बेलुका नौ बजेसम्म सञ्चालन हुने कार्यक्रममा चर्चित गायकगायिका दिपक बज्राचार्य र रिदम ब्याण्ड, आशिश राना (लाउरे), शिव परियार, द एलिमेन्ट्स, अस्मिता अधिकारी, सुनिल पण्डित, कलाकार केकी अधिकारीको प्रस्तुुति रहने आयोजकले जनाएको छ ।
कन्सर्टमा सहभागी हुन इच्छुक दर्शकले नजिकैको एनसेल सेन्टर वा आधिकारिक बिक्रेताको एनसेल पसल एपबाट अन्तर्राष्ट्रिय कलिङ प्याक, सहयात्री सीम खरिद वा ब्यालेन्स रिचार्ज गरी कन्सर्टको टिकट निःशुल्क पाउन सक्नेछन् ।
एनसेलले वैदेशिक रोजगारीमा जाने योजनामा रहेका नेपाली र उनीहरूका परिवारका सदस्यलाई ध्यानमा राखी आकर्षक बण्डल सेवा, बोनस सुविधा र रोमिङका साथ ‘सहयात्री सिम’ स्टार्टर प्याक उपलब्ध गराउँदै आएको छ ।

बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
राजनीतिक नेतृत्व अभिभावक बन्ने कि
नेपाली राजनीति र वाराणसीका पण्डा