अब टुकुचाको जग्गा व्यक्ति विशेषको रहन सक्दैन : बालेन शाह

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 2 mins

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले उच्च अदालत पाटनको फैसलाले टुकुचा खोलालाई प्राकृतिक स्वरुपमा खुला कायम गर्ने विकल्पलाई स्पष्ट मान्यता दिएको बताउनुभएको छ ।

बालेनले टुकुचामाथिका संरचना भत्काउन थालेपछि विरोध गर्दै अदालतमा मुद्दा परेको थियो । तर अदालतको फैसलाको पूर्णपाठबाट अब टुकुचा ढल नभई खोला नै हो भन्ने कुरा प्रमाणित भएको मेयर बालेनले बताउनुभएको छ ।

उहाँले अब तसर्थ, अब टुकुचा खोलाको क्षेत्राधिकार भित्रको व्यक्ति विशेषको नाममा त्रुटीवश कायम हुन गएको जग्गाको कानुन बमोजिम लगत कट्टा गर्ने र त्यस्तो जग्गा महानगरवासीको सर्वोत्तम हीत हुने गरी सार्वजनिक प्रयोजनमा ल्याउने सम्बन्धी आवश्यक प्रकृया अगाडि बढाइने बताउनुभएको छ ।

ADVERTISEMENT

कुनै पनि नदी वा खोलाको बहाव क्षेत्र, सोको दायाँबायाँ वा माथिको जग्गा व्यक्ति विशेषको नाममा रहन नसक्ने वैधानिक मापदण्ड रहेको मेयर शाहको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?