काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता एवं अर्थमन्त्री प्रकाशशरण महतले नक्कली भुटानी शरणार्थी प्रकरणमा दोषीलाई कडा कारबाही हुने बताउनु भएको छ ।
पार्टी पदाधिकारी बैठकपछि सञ्चारकर्मीहरुले सोधेको प्रश्नमा प्रवक्ता महतले भन्नुभयो ‘यो जघन्य अपराध हो, यस्तो खाले क्रियाकलापको जति निन्दा गरेपनि अपर्याप्त हुन्छ।’
उहाँ उक्त प्रकरणमा दोषी देखिए नेकपा एमालेका सचिव टोपबहादुर रायमाझी पनि उम्किन नपाउने स्पष्ट पार्नुभयो । उहाँले ‘यसमा संलग्न हुनेहरु जो-जो सहभागी छन्, उनीहरुको सजायको दायरामा आउनुपर्छ, आउँछन्।’ भन्नुभयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच