आजदेखि फायर, सेफ्टी एण्ड सेक्युरिटीसम्बन्धी मेला

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 2 mins

काठमाडौं । नेपालमै पहिलोपटक फायर, सेफ्टी एण्ड सेक्युरिटीसम्बन्धी प्रदर्शनी नेपाल फायर, सेफ्टी एण्ड सेक्युरिटी एक्स्पो २०२३ हुने भएको छ । स्टार एक्जिबिसन इण्डियाले काठमाडौंको भृकुटीमण्डपमा शुक्रबारदेखि आइतबारसम्म एक्स्पो गर्न लागेको हो ।

अन्तर्राष्ट्रियस्तरको एक्स्पोमा फायर, सेफ्टी एण्ड सेक्युरिटी प्रोडक्ट, टेक्नोलोजी, इक्विपमेण्ट एण्ड इनोभेसनका नयाँ र विकसित संस्करणको प्रदर्शन गरिने आयोजकले जनाएको छ । फायर एण्ड सेक्युरिटी एसोसिएसन अफ इण्डिया र एसिया प्यासिफिक सेक्युरिटी एसोसिएसन, नेपाल (एपिएसए-नेपाल च्याप्टर)को सहयोग रहेको मेला व्यवस्थापन डिएन इभेन्ट्स प्रालिले गरेको छ ।

ADVERTISEMENT

एक्स्पोमा नेपाल, भारत, चीनबाट करिब ८० भन्दा बढी कम्पनीको सहभागिता रहने बताइएको छ । एक्स्पो नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंह, नेपाल इन्जिनियर्स एसोसिएसनका अध्यक्ष डा. हरिबहादुर दर्लामी र नेपालस्थित भारतीय दूतावासबाट वाणिज्य तथा व्यापार विभागका अफिसर तेञ्जिङ फुनटोक भुटियाले संयुक्तरूपमा उद्घाटन गर्ने आयोजकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?