काठमाडौं । सांसद चन्द्रकान्त भण्डारी आज स्वदेश फर्कदै हुनुहुन्छ ।
गत फागुन ३ गते बुद्धनगरस्थित निवासमा ग्यास लिक हुँदा आगालागीमा परी गम्भीर घाइते भण्डारी झन्डै तीन महिनाको स्वास्थ्य उपचारपछि आइतबार स्वदेश फर्कन लाग्नुभएको हो ।
भण्डारी निकट कांग्रेस नेता माधव न्यौपानेका अनुसार आइतबार दिउँसो २ः५५ बजे नेपाल वायुसेवा निगमको विमानमार्फत उहाँ स्वदेश फर्कन लाग्नुभएको हो । उहाँ साँझ ५ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्दै हुनुहुन्छ ।
नेपाली कांग्रेसका नेतासमेत रहनुभएका प्रतिनिधिसभा सदस्य भण्डारी झन्डै तीन महिनादेखि भारतको मुम्बईस्थित नेशनल बर्न सेन्टरमा उपचाररत हुनुहुन्थ्यो। उहाँका अनुसार भण्डारीको स्वास्थ्यमा क्रमिक रुपमा सुधार आएको जनाईएको छ । पछिल्लो समयमा उहाँ बोल्ने र हिँड्न सक्ने हुनुभएको छ ।
सो आगलागीमा परी सांसद भण्डारी र उहाँकी आमा हरिकला भण्डारी गम्भीर घाइते हुनुभएको थियो । आमा हरिकलाको भने उपचारका क्रममा गत फागुन ४ गते निधन भएको थियो। उहाँलाई भने थप उपचारका लागि भारत लगिएको थियो ।
अब नेपालमा नै उहाँको बाँकी उपचार हुनेछ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच