कोरोनाले सुुस्त तानसेन महोत्सवले चहलपहल

Read Time = 4 mins

पाल्पा । सम्मानित निजी क्षेत्रः समुुन्नत नेपाल, हामी सबैको उत्सव, पाल्पा महोत्सव भन्ने नाराका साथ तानसेन महोत्सव सुरु भएको छ । लामो समय कोरोना महामारीका कारण सुुनसान बनेको पाल्पाको सदरमुुकाम तानसेनमा बिहीबारदेखि भने केही चहलपहल बढेको छ । पाँच वर्षपछि सञ्चालन भएको पाल्पा महोत्सवका कारण चहलपहल बढेको हो । बालबालिका, वृद्धवृद्धा, युवा सबैका लागि पाल्पा महोत्सव उत्सवमय बनेको छ । गाउँ-गाउँबाट महोत्सव अवलोकनका लागि मानिसहरू तानसेन आएका छन् । लामो समयको कोरोना महामारीले सुुनसान बनेको तानसेन फेरि एकपटक गुञ्जायमान बनेको हो ।

अहिले तानसेनको टुँडिखेल दुलहीझैँ सिँगारिएको छ भने मानिसहरूको चहलपहल बढ्दो छ । पाल्पा उद्योग वाणिज्य संघको आयोजनामा पाल्पामा पहिलोपटक २०६० मा सुरु भएको मेला महोत्सवले अहिले पनि निरन्तरता पाएको हो । पाल्पा उद्योग वाणिज्य संघद्वारा आयोजित १३औँ व्यापार महोत्सव नेपाल उद्योग वाणिज्य महासंघका वस्तुगततर्फका उपाध्यक्ष हेमराज ढकालले उद्घाटन गर्नुभएको हो । उहाँले कोरोनाका कारण सुस्ताएको व्यापार चलायमान बनाउन महोत्सवले महत्वपूर्ण भूमिका खेल्ने बताउनुुभयो । पाल्पालाई पर्यटकीय क्षेत्रका रूपमा विकास गर्न स्थानीय सरकारले निजी क्षेत्रसँग सहकार्य गर्नुपर्ने ढकालको भनाइ थियो । महोत्सवमा जिल्लामा उत्पादित वस्तु प्रदर्शनी तथा बिक्री गरिएको छ । मेला हेर्न गाउँ-गाउँबाट अवलोकनकर्ता तानसेन आएका छन् । मेलामा पाल्पाली करुवा, रानीमहलको स्वरूपभित्र सचिवालय निर्माण गरिएको छ । जुन आकर्षणका रूपमा रहेको छ ।

ADVERTISEMENT

पाल्पाको ऐतिहासिक, धार्मिक तथा पुरातात्विक, पर्यटकीयस्थलको प्रचारप्रसार, घरेलु तथा कुटिर उद्योग प्रवद्र्धन, कला संस्कृति संरक्षणका लागि महोत्सव आयोजना गरिएको महोत्सव मूल आयोजक समितिका संयोजक तथा पाल्पा उद्योग वाणिज्य संघका अध्यक्ष शैलेन्द्र भट्टराईले बताउनुुभयो । उहाँले भन्नुभयो, ‘सुस्ताएको व्यवसाय माथि उठाउन महोत्सवले इँटा थप्नेछ, यसले व्यवसायीबीच सहकार्य गर्नेसमेत अवसर दिन्छ ।’ कोरोना महामारीमा पर्यटन क्षेत्र ज्यादै चुनौतीपूर्ण बनेका बेला पुनः यसमा सुुधार ल्याउन महोत्सवले टेवा पुग्ने भट्टराईले बताउनुभयो । स्थानीय तथा राष्ट्रियस्तरका कलाकारको प्रस्तुतिसमेत रहेको महोत्सवमा तीन सय स्टल रहेकोमा १६ वटा निःशुल्क स्टल रहेको महोत्सव प्रचार-प्रसार समितिका संयोजक विदुर घिमिरेले बताउनुुभयो । महोत्सव २४ गतेसम्म सञ्चालन हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?