बुढ्यौली बिमारलाई लिएर राष्ट्रपतिको वैदेशिक उपचार यात्रा अस्वाभाविक : अध्यक्ष लिङदेन

हिमालय टाइम्स कालिकोट, संवाददाता

फाइल तस्बिर

हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 3 mins

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्रप्रसाद लिङदेनले बुढ्यौलीमा लाग्ने सामान्य बिमारलाई लिएर राष्ट्रपतिको अस्वभाविक वैदेशिक उपचार यात्रा भएको भन्दै आपत्ति जनाउनुभएको छ ।

शुक्रवार काठमाडौंमा आयोजित वागमती प्रदेश स्तरीय अगुवा कार्यकर्ता भेला कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले चिकित्सकले रिफर नगर्दासमेत जहाज चार्टड गरी विदेश लैजानु अस्वभाविक भएको बताउनु भयो । उहाँले विकासमा लगानी घटाउन खोजिरहेको सरकारले लडाकुलाई २/२ लाख रुपैयाँ बाँड्ने निर्णय गर्नु गैरजिम्मेवारीपन भएको बताउनु भयो । उहाँले श्रोतमा हात हाल्न पाउने बित्तिकै सरकार व्रह्मलुट मच्चाउने षड्यन्त्रमा लागेको आरोप लगाउनु भयो । उहाँले यस्ता नकरात्मकतालाई रोक्न राप्रपा बलियो बन्नुपर्ने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘राष्ट्रपतिलाई सामान्य बुढ्यौलीमा लाग्ने बिमारलाई डाक्टरहरुले रिफर गरेकै थिएनन्, जहाँज चार्टड गरेर विदेश लानुपर्ने, जुन अस्वभाविक खालको वैदेशिक उपचार यात्रा, अहिले फेरि लडाकुलाई राहत । जबकी सरकार आफैँ भन्छ, विकासमा कुनै बजेट दिन सकिँदैन, पैसा छैन भन्छ, निर्माण व्यवसायीलाई काम गरेको मात्रै ६० अर्ब बढी रुपैयाँ छ यस्तो बेला राष्ट्रपतिको महंगो औषधि उपचार यात्रा, लडाकुलाई दिएको पैसा, उनीहरु कहाँ पुगिसके, कति बितिसके, राज्य श्रोतमा हात हाल्न पाउने बित्तिकै व्रह्मलुट मच्चाउने षड्यन्त्रमा छ, यसलाई रोक्न राप्रपा जस्तो दलहरु बजबुत हुनुपर्छ । सारा नकारात्मकता त्यागेर अघि बढ्नुपर्छ ।’

ADVERTISEMENT

अध्यक्ष लिङदेनले उपनिर्वाचनलाई राप्रपाले प्राथमिकता नदिएको कारण पनि राम्रो मत आउन नसकेको स्पष्ट पार्नुभयो । उहाँले जनता विकल्पको तयारीमा रहेको स्पष्ट भएको बताउनु भयो ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?