काठमाडौंका सबै ठाउँमा सिसीटिभीको व्यवस्था गर्न महामन्त्री थापाको माग

हिमालय टाइम्स कालिकोट, संवाददाता

फाईल तस्बिर

हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 3 mins

काठमाडौं । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले काठमाडौंका सबै ठाउँका सिसीटिभीको व्यवस्था गर्न सरकारसँग माग गर्नु भएको छ ।

काठमाडौंमा दिनदहाडै हत्या हुने क्रम बढदै गईरहेको उल्लेख गर्दै उहाँले शान्ति सुरक्षाको आवश्यक व्यवस्था मिलाउन संघीय सरकार र काठमाडौं महानगरपालिकाले मिलेर सबै ठाउँमा सिसीटिभी जडान गर्नुपर्ने बताउनु भएको हो ।

बुधबार प्रतिनिधिसभा बैठकमा आकस्मिक समयमा बोल्दै महामन्त्री थापाले कपनस्थित सरस्वती नगरमा एक महिलाको दिनहदाडै हत्या भएको ७ दिन बित्दा लाग्दा पनि सरकारले घटनाको सत्यतथ्य बाहिर ल्याउने र दोषीलाई कारबाही गर्ने काम गर्न नसकेकोमा आक्रोश समेत व्यक्त गर्नु भयो ।

ADVERTISEMENT

उहाँले भन्नु भयो, ‘छुरी प्रहार गरेर हत्या भएको ७ दिन भयो । प्रहरी कार्यालय र गृह मन्त्रालय धाईरहनु भएको छ । तर उहाँहरुले ठोस जवाफ पाउनु भएको छैन । आज संयोगले माननीय गृहमन्त्रीज्यू संसदमा उपस्थित हुनुहुन्छ । म आग्रह गर्न चाहन्छु सम्माननीय सभामुख महोदयमार्फत घटनाको सत्यतथ्य र सबभन्दा ठूलो कुरा दिनदहाडै हत्या भएको सन्दर्भमा यहाँका नागरिकहरुले जुन विश्वास गर्न नसक्ने अवस्था बनेको छ । यसको बारेमा विश्वास गर्न स्थिति माननीय गृहमन्त्रीज्यूले बनाई दिनुहोस् । र, यसको तथ्य सातसात दिनसम्म पनि पत्ता लगाउन सकिएको छैन । शिघ्राधिशिघ्र यो घटनाको दोषी बाहिर आओस् भन्ने माग गर्दछु । यो सँगै काठमाडौंलाई हामीसँगै काम गर्न तयार छौं । महानगरपालिका, संघीय सरकार मिलेर सिंगो काठमाडौंलाई यसको सेक्युरिटीसँग जोडेर सिसीटिभी जोडेको भए यो घटनाको तथ्य पत्ता लगाई सकेको हुन्थ्यो ।’

महामन्त्री थापाले सो घटनाको सत्यतथ्य तत्काल बाहिर ल्याई दोषीमाथि कडा कारबाही गर्न पनि सरकारलाई सचेत गराउनु भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?