जनमुखी बजेट ल्याउन अर्थमन्त्रीलाई कांग्रेस सांसदरूको सुझाव

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 4 mins

काठमाडौं । नेपाली कांग्रेस सांसदहरूले जनमुखी बजेट ल्याउन अर्थमन्त्रीलाई सुझाव दिएका छन् । मंगलबार बसेको कांग्रेस संसदीय दलको बैठकमा सांसदहरूले अर्थमन्त्री डा. प्रकाशशरण महतलाई जनतामुखी बजेट निर्माण गर्नुपर्ने सल्लाह दिएका हुन् । आगामी बजेटमा शिक्षा, स्वास्थ्य, रोजगारी, पिछडिएका वर्ग, समुदाय र स्थान केन्द्रित कार्यक्रम ल्याउनुपर्ने उनीहरूको सुझाव छ । संसदीय दलको बैठक आगामी वर्षको बजेट निर्माण प्रक्रियामा नै केन्द्रित भएको प्रमुख सचेतक रमेश लेखकले जानकारी दिनुभयो । सानो पुँजीबाट पनि कसरी जनतामुखी कार्यक्रम र योजना ल्याउन सकिन्छ भन्ने विषयमा छलफल भएको उहाँको भनाइ छ ।

बजेटका सिद्धान्त, प्राथमिकता र आधारबारे सांसदहरूले आफ्नो राय दिएको र पछि परेका समुदायलाई लक्षित गरेर बजेट निर्माण गर्ने अधिकांश सांसदहरूले माग राखेको उहाँले बताउनुभयो । महिला, आदिवासी, जनजाति दलित, पिछडिएको क्षेत्र, वर्ग, युवालगायत क्षेत्रमा बजेट केन्द्रित हुनुपर्ने सांसदहरूले सुझाव दिएका छन् ।

ADVERTISEMENT

सांसदहरूका सुझावपछि अर्थमन्त्री महतले जनमुखी बजेट ल्याउने प्रतिबद्धता जनाउनुभयो । रोजगार, शिक्षा, स्वास्थ्य, पूर्वाधार, उत्पादन वृद्धि र बजार विस्तारमा सहज हुने गरी बजेट निर्माण गर्ने प्रतिबद्धता उहाँले जनाउनुभएको लेखकले बताउनुभयो । ‘बैठकमा बजेटका सिद्धान्त, प्राथमिकता र आधारहरूबारे अर्थमन्त्रीज्यूले जानकारी गराउनुभयो । बजेट कस्तो आउनुपर्छ, के आउनुपर्छ भन्नेबारेमा राय लिनुभयो,’ प्रमुख सचेतक लेखकले भन्नुभयो, ‘पछि परेका समुदाय, वर्गलाई लक्षित गरेर बजेटमा व्यवस्था गरिनुपर्छ भन्ने माग उठेको छ । महिला, आदिवासी, जनजाति दलित, पिछडिएको क्षेत्र, वर्ग, युवा केन्द्रित हुनुपर्छ, भन्ने कुरा उठेका छन्, शिक्षा, स्वास्थ्यका क्षेत्रमा पनि कुरा उठेका छन् ।’

त्यस्तै, कांग्रेस सांसद राजन केसीले बैठकमा आम नागरिकका आधारभूत अधिकार शिक्षा, स्वास्थ्य, पूर्वाधारमा विशेष ध्यान दिने गरी बजेट निर्माण गर्न सुझाव दिएको बताउनुभयो । उहाँले पूर्वाधारको क्षेत्रमा पनि नागरिकको चाहना अनुसारको बजेट निर्माण गर्न सक्नुपर्ने सुझाव आएको जानकारी दिनुभयो । ‘आगामी बजेट जनतालाई कसरी राहत दिन सकिन्छ ? सानो पुँजी र बजेटबाट पनि जनताको आधारभूत अधिकार शिक्षा, स्वास्थ्य, पूर्वाधारमा विशेष ध्यान दिएर आगामी बजेटको निर्माणमा ध्यान दिनेछौँ भन्नुभएको छ,’ उहाँले भन्नुभयो, ‘आर्थिक अवस्था कहालीलाग्दो छ यद्यपि, आयआर्जनमा के कसरी बढाउन सकिन्छ ? रोजगार कसरी सिर्जना गर्न सकिन्छ ? मुलुकमा उत्पादन र श्रमलाई कसरी बढाउने भन्ने बारेमा विचार आएका छन् ।’ सांसद केसीले देशको आर्थिक अवस्था कमजोर भए पनि जनमुखी बजेट निर्माण गर्न सुझाव दिएको बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?