एनआइसी लघुवित्तको लाभांश पारित

Read Time = 1 min

काठमाडौं । एनआइसी एसिया लघुवित्त वित्तीय संस्थाको पाँचौँ वार्षिक साधारणसभा आइतबार धरानमा सम्पन्न भएको छ । साधारणसभाले सेयरधनीलाई चुक्ता पुँजीको १४.७५ प्रतिशतका दरले २५ करोड ६५ लाख ६७ हजार चार सय रुपैयाँ नगद लाभांश वितरण प्रस्ताव पारित गरेको छ ।

मुलुकभर ७४ जिल्लामा दुई सय ८७ शाखा कार्यालयमार्फत् सेवा प्रदान गर्दै आएको संस्थाले चालु आर्थिक वर्ष २०७९/०८० को दोस्रो त्रैमासको अन्त्यसम्ममा दुई लाख तीन हजार आठ सय ६२ विपन्न परिवारमा लघुवित्त सेवा प्रदान गरेको जनाएको छ ।

ADVERTISEMENT

संस्थाले ग्राहक सदस्यको स्थायित्व, प्रगति तथा लघुवित्त कार्यक्रमको सुधार तथा स्थायित्वका लागि शिक्षा, स्वास्थ्य तथा व्यवसाय प्रवद्र्धनमा हालसम्म ग्राहक संरक्षण कोषबाट तीन करोडभन्दा बढी खर्च गरिसकेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?