दाङमा गाडेको अवस्थामा महिलाको शव भेटियो

विवेक खड्का दाङ, संवाददाता
विवेक खड्का दाङ, संवाददाता
Read Time = 4 mins

दाङ । दाङको घोराहीमा एक महिलाको शव गाडेको अवस्थामा प्रहरीले फेलापारेको छ ।

घोराही उपमहानगरपालिका वडा नं. १२ रतनपुरमा ४० बर्षीया शारदा केसीको शव बुधबार दिउँसो उनको घर नजिकै गाडेको अवस्थामा फेला परेको जिल्ला प्रहरी प्रबक्ता डिएसपी राजन गौतमले जानकारी दिनुभयो । शारदाका श्रीमान ४१ बर्षीया मेघराज केसी भने फरार छन् । उनले हत्या पछि श्रीमतिको शव गाडेको हुन सक्ने प्रहरीले आशंका गरेको छ । आफन्तले बुधबार जिल्ला प्रहरी कार्यालय घोराहीमा मेघराज बिरुद्ध किटानी जाहेरी दिएका छन् ।

घटना नयाँ बर्ष बैशाख १ गते मध्य रातिको भएको अनुमान गरिएको छ । जुन दिन बिवाहित छोरी र १५ बर्षीय कान्छो छोरा नयाँबर्ष मनाउन घोराहीको हेमन्तपुरस्थित मामा घरमा गएका थिए । उनीहरुको जेठो छोरा रोजगारीको सिलसिलामा छिमेकी देश भारतमा बस्ने गरेको प्रहरीले जानकारी दिएको छ । त्यस दिन घरमा रहेकी शारदाकी सासु आमा७५ बर्षीया बृद्धाले झन्डै दुइ सय मिटर नजिकमा रहेको जेठो छोरोका घरमा रातिमा खाना खान गएको र उतै बास बसेको हुँदा घटना बारे आँफुलाई केही जानकारी नभएको कुरा गरेकाे प्रहरीले बताएको छ ।

ADVERTISEMENT

मृतकका छोरा छोरी मामा घरबाट बैशाख ३ गते मात्रै आफ्नो घरमा फर्किएको र घरमा बाबु आमालाई नदेखेको बताएका छन् । दुबैको फोनमा सम्पर्क हुन नसकेको हुँदा दिदी फेरि मामा घर नै फर्किएको भए पनि भाइ भने आफ्नै घरमा बसेको प्रहरी प्रबक्ता डिएसपी गौतमले बताउनुभयो । ७५ बर्षीया मृतककी सासु आमा दोस्रो दिन घर फर्किएर आए पनि छोरा बुहारी र नातिनतिना कसैलाई नदेखेको बताउनु भएको छ ।

बुधबार मध्यान्हः १२ बजेतिर गाउँकै एक दलित महिला मृतक शारदा संग केही सरसल्लाह र छलफल गर्न भनेर उनको घरमा पुगेकी रहिछन । शारदालाई नभेटेपछि फर्किदै गरेकी ती महिलालाई सासु आमाले कटहर टिपेर घर लैजाउ भनेपछि ती महिलाले कटहरको रुख नजिक खाड्लमा गाडेको मानिसको खुट्टाको पैतला देखेपछि घटना सार्वजनिक भएको हो ।

ती महिलाले घरमा आएर आँफैले देखेको कुरा परिवारसंग गरेको र पछि टोलका अध्यक्ष हुँदै वडाध्यक्ष मार्फत प्रहरीमा सूचना गरिएको थियो । घर नजिकै उत्तर तर्फ मेवाको बोट मुनी दुई फिट जति अग्लो र गहिरो जमिनमा गाडेको अवस्थामा शारदाको शव फेला परेको प्रहरीले जानकारी दिएको छ । घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?