सामसुङको नयाँ ग्यालेक्सी ए किन्दा क्यासब्याक

Read Time = 1 min

काठमाडौं । स्मार्टफोन सामसुङले हालैमात्र बजारमा उपलब्ध गराएका ए सिरिज मोडलका दुई वटा नयाँ ग्यालेक्सी ए ३४ ५ जी र ग्यालेक्सी ए ५४ ५ जी खरिदमा सीमित समयका लागि विशेष योजना ल्याएको छ । योजनाका लागि कम्पनीले नबिल बैंकसँग सहकार्य गरेको छ ।

सहकार्यअनुसार नबिल बैंकका भिसा डेबिट कार्ड र क्रेडिट कार्ड प्रयोगकर्ताले ग्यालेक्सी ए ३४ ५ जी र ग्यालेक्सी ए ५४ ५ जी खरिद गर्दा दुई हजारसम्म क्यासब्याक प्राप्त गर्नेछन् ।

ADVERTISEMENT

सामसुङ ग्यालेक्सी ए ३४ ५ जी र ग्यालेक्सी ए ५४ ५ जी नेपाली बजारमा गत मार्च २९ देखि आएको हो । दुवै मोडलमा आश्चर्यजनक क्यामेरा र धेरै दिनसम्म टिक्ने पाँच हजार एमएएच ब्याट्री जडित रहेको कम्पनीको दाबी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?