एनएमबीको १० औँ हेरिटेज वाक

Read Time = 2 mins

काठमाडौं । एनएमबी बैंकले शनिबार १०औँ हेरिटेज वाक आयोजना गरेको छ । हेरिटेज वाक बबरमहलबाट सुरू भएर पाटन दरबार स्क्वायरसम्म भएको थियो । समृद्ध नेपालको अपार सम्भावनासहित मुलुकको ऐतिहासिक तथा सामाजिक रूपान्तरणका लागि सांस्कृतिक सम्पदा प्रवद्र्धन तथा साक्षरता अभिवृद्धि गर्ने उद्देश्यले यस्तो कार्यक्रम आयोजना गरिएको बैंकले जनाएको छ ।

एनएमबी बैंकले नेपाल हेरिटेज सोसाइटीको सहकार्यमा आयोजित कार्यक्रममा पाटन संग्रहालयमा बैंकका कर्मचारी, नेपाल हेरिटेज सोसाइटीका सदस्य, ललितपुर उद्योग वाणिज्य संघका सदस्य, नेपाल हस्तकला महासंघका सदस्य, रोटरी क्लब अफ पाटन हेरिटेजका सदस्य तथा सर्वसाधारणहरू गरी करिब छ सयजनाको सहभागिता थियो ।

ADVERTISEMENT

सो अवसरमा एनएमबी बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत सम्पदा संरक्षणका लागि नेपाल हेरिटेज सोसाइटीलाई चार लाख ९० हजार रुपैयाँ सहयोग गरेको थियो । सोही प्रकारको कार्यक्रम अन्य छ प्रदेशमा समेत गरिएको बैंकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?