नौ महिनामा पुँजीगत खर्च एक खर्ब मात्रै

Read Time = 3 mins

काठमाडौं । चालु आर्थिक वर्ष २०७९/८० को नौ महिना अर्थात् साउनदेखि चैतसम्म करिब साढे नौ खर्ब बजेट खर्च भएको छ । महालेखा नियन्त्रकको कार्यालयका अनुसार चैतसम्म नौ खर्ब ४३ अर्ब पाँच करोड रुपैयाँ बजेट खर्च भएको हो । जुन खर्च कुल बजेटको ५२.५७ प्रतिशतमात्र हो । चालु आर्थिक वर्षका लागि सरकारले १७ खर्ब ९३ अर्ब ८३ करोड रुपैयाँको बजेट ल्याएको छ । चैत मसान्तसम्म चालु खर्च सात खर्ब छ अर्ब ७६ करोड भएको छ । जुन कुल लक्ष्यको ५९.७३ प्रतिशत हो ।

नौ महिनामा २८.१९ प्रतिशतमात्रै पुँजीगत खर्च भएको हो । चालु आर्थिक वर्षमा सरकारले पुँजीगत बजेट तीन खर्ब ८० अर्ब ३८ करोड रुपैयाँ खर्च गर्ने लक्ष्य लिएको छ ।

ADVERTISEMENT

सरकारले चालुतर्फ ११ खर्ब ८३ अर्ब २३ करोड रुपैयाँ विनियोजन गरेको छ । त्यस्तै, पुँजीगत खर्च भने एक खर्ब सात अर्ब २४ करोड भएको छ । जुन विनियोजित पुँजीगत खर्चको २८.१९ प्रतिशत हो । चालु आर्थिक वर्षमा सरकारले पुँजीगत बजेट तीन खर्ब ८० अर्ब ३८ करोड रुपैयाँ खर्च गर्ने लक्ष्य लिएको छ । चैतसम्म वित्तीय व्यवस्थामा एक खर्ब २९ अर्ब चार करोड खर्च भएको छ । वित्तीय व्यवस्थामा दुई खर्ब ३० अर्ब २१ करोड रुपैयाँ बजेट खर्चको लक्ष्य रहेको छ ।

त्यस्तै, राजस्वले लक्ष्य भेट्न सकेको छैन । हालसम्म आधा पनि राजस्व असुली हुन सकेको छैन । चैतसम्म राजस्व छ खर्ब ८३ अर्ब ८० करोड उठेको छ । जुन कुल राजस्व संकलन लक्ष्यको ४८.७३ प्रतिशत हो । सरकारले १४ खर्ब तीन अर्ब रुपैयाँ राजस्व उठाउने लक्ष्य लिएको छ । राजस्व, अनुदान र अन्य आम्दानीबाट सरकारले कुल सात खर्ब २४ अर्ब ४७ करोड रुपैयाँ आम्दानी गरेको छ । सरकारको आम्दानी र खर्चका बीचमा हाल दुई खर्ब १८ अर्ब ५७ करोड रुपैयाँ बराबर अन्तर छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?