उद्योग वाणिज्य महासंघको नयाँ कार्यसमितिका लागि आज निर्वाचन

Read Time = 2 mins

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको नयाँ नेतृत्वका लागि आज निवार्चन हुँदैछ ।

उद्योगी व्यवसायीहरूको छाता संस्था महासंघको ५७ औं साधारणसभाले महासंघको नयाँ नेतृत्वको लागि आज निर्वाचन हुन लागेको हो । यस महासंघको मंगलबार उदघाटन भएको थियो ।

हिजोबाट सुरु भएको साधारणसभबाट वरिष्ठ उपाध्यक्ष चन्द्र ढकाल बिद्यानत स्वतः अध्यक्षमा चयन हुनुहुनेछ भने नयाँ वरिष्ठ उपाध्यक्षलगायत सदस्य पदका लागि भने आज निर्वाचन हुनेछ ।

ADVERTISEMENT

वरिष्ठ उपाध्यक्षका लागि उमेशलाल श्रेष्ठ, अन्जन श्रेष्ठ र रामचन्द्र सांघाईले उम्मेदवारी दिने यसअघि नै घोषणा गरिसक्नुभएको छ । यसरी निर्वाचित हुने महासंघको बरिष्ठ उपाध्यक्ष अर्को कार्यकालका लागि स्वतः अध्यक्ष हुनेछन् ।

साधारण सभाले महासंघको ६४ सदस्यीय नयाँ कार्यसमिति चयन गर्ने छ । जसअनुसार जिल्ला-नगर वाणिज्य, वस्तुगत र एसोसिएटमा एक-एक जना गरी तीन जना उपाध्यक्ष चयन गर्नेछ ।

यसैगरी, वस्तुगत संघबाट १४ जना, उद्योग वाणिज्य संघबाट १८ जना, एसोसिएट कार्यसमितिवाट १९ जना र जिल्लाबाट सात जना सदस्य केन्द्रिय कार्यसमितिमा नयाँ नेतृत्व आउनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?