टोकियो । जापानका कम्तीमा ४० प्रतिशत शिशु विद्यालयमा भर्नादर घटेको पाइएको छ । हालैको योमिउरी शिम्बुन सर्वेक्षणले यस वर्षको अप्रिलको भर्नाको संख्या प्रायःसबै विद्यालयहरूमा कमी देखाएको छ । यसका पछाडि घट्दो जन्मदर नै प्रमुख कारण देखाइएको छ जसले गर्दा बाल हेरचाहको माग घटेको छ ।
सर्वेक्षण फेब्रवरी र मार्चमा १०९ प्रिफेक्चुरल क्यापिटल, सरकारी अध्यादेशद्वारा तोकिएका शहर, टोकियोका २३ वटा वडा र हार्टल्याण्ड शहरमा गरिएको थियो । एक सय तीन स्थानीय सरकारद्वारा निरीक्षण गरिएको लगभग १८ हजार नर्सरी स्कुलमध्ये करिब छ हजार आठ सय अप्रिलको लागि लिइने भर्नाको कोटा पूरा गर्न असफल भएका छन् ।
घट्दो जन्मदरबाहेक बाल हेरचाह गर्ने कामदारको अभाव र केही सुविधाका लागि अभिभावकको प्राथमिकता कमीका कारण रहेको हुनसक्ने सर्वेक्षणले देखाएको छ । रासस/सिन्हृवा ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच