उद्योग मन्त्रालयले चालु बजेट खर्च गर्न सकेनः मन्त्री रिजाल

हिमालय टाइम्स कालिकोट, संवाददाता

फाईल तस्बिर

हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 4 mins

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले चालु आर्थिक वर्षमा हालसम्म उद्योग मन्त्रालयको बजेट खर्च न्युन रहेको बताउनुभएको छ ।

शुक्रवार निर्यात व्यवसायी महासंघ नेपालको तेस्रो वार्षिक साधारण सभा तथा दोस्रो अधिवेशन उद्घाटन गर्दै उहाँले यस्तो बताउनुभएको हो । मन्त्री रिजालले उद्योग मन्त्रालय अन्य मन्त्रालयको तुलनमा चालु आर्थिक वर्षमा खर्च गर्ने मन्त्रालयहरुमा सबैभन्दा कमजोर बनेको बताउनु भयो । उहाँले मन्त्रालयको बजेट खर्च गर्न नसक्दा यत्तिकै थन्किएको बताउनु भयो ।

उहाँले निर्यात व्यवसाय प्रवर्द्धनका लागि सरकार सहयोग गर्न तयार रहेको पनि बताउनु भयो । उहाँले निर्यात व्यवसायीहरुले देशको व्यापार घाटालाई कम गर्न महत्वपूर्ण भुमिका खेलेको पनि बताउनु भयो । उहाँले नेपालका दुवै छिमेकी देशहरु ठूला रहेकाले दुवैसँग् समान व्यवहार गरेर सम्हालिएर अघि बढ्न आवश्यक रहेको बताउनु भयो । उहाँले निकट भविष्यमा नै प्रधानमन्त्री पुष्पकमल दाहाल भारत र चीन भ्रमणमा जाने तालिका रहेकाले दुई देशसँगको भेटपछि निर्यात प्रवर्द्धन झनै सहज हुने प्रतिवद्धता जनाउनु भयो ।

ADVERTISEMENT

उहाँले भन्नुभयो, ‘ट्रेड ब्यालेन्सको यो जुन ग्याप छ, यसलाई पूरा नगरी मुलुक अघि बढ्न सक्दैन । आजको युग भनेको ओपन मार्केटमा गइसकेको युग, तपाईहरुले आफैँ पनि प्रतिष्पर्धा गर्नुपर्छ । सरकारले सहयाग गर्नुपर्छ, तपाईहरुलाई सहयोग गर्न सरकार तयार छ, तपाईहरुले बढी प्रयास गर्नुपर्छ । व्यापार घाटा कम गर्न तपाईहरुले खेल्नुभएको भुमिका सह्रानिय छ । हामी सीमानाका परिवर्तन गर्न सक्दैनौँ, दुवैतिर ठूला मुलुकहरु छन्, दुवैसँग हामीले सम्हालिएर काम गर्नुपर्ने आवश्यक्ता छ, दुवैलाई समदृष्टिले हेरेर अघि बढ्नुपर्ने अवस्था छ । निर्यात गर्दा कानूनको अभाव तपाईहरुलाई छैन, तर निर्यात गर्दा कतै दुःख पनि भइरहेको होला, त्यसलाई पनि सहजीकरण गर्नेछौँ । आउने दिनमा प्रधानमन्त्री छिमेकी दुवै देशको भ्रमण गर्नुहोला, त्यसमा सहजीकरण पक्कै हुनेछ तपाईहरुका लागि । यस पटक हाम्रो उद्योग मन्त्रालयमा सबैभन्दा कमजोर खर्च छ, खर्च गर्न सकिएको छैन ।’

मन्त्री रिजालले व्यवसायीहरुको भुमिका आर्थिक स्तर बढाउन महत्वपूर्ण रहेको भन्दै देशको समृद्धिका लागि व्यवसायीहरुलाई हरेक सुविधा दिन सरकार तयार रहेको बताउनु भयो । उहाँले सरकार निर्यात प्रवर्द्धनका लागि सहयोग गर्न तयार रहेको बताउनु भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?